OnlinePana

आज : २०८२ बैशाख ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ ३०, २०७७
४१३ पटक

 ३० माघ २०७७, शुक्रबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विविधतायुक्त नेपाली समाजमा विद्यमान बहुसाँस्कृतिक पर्वले सामाजिक सद्भाव र एकता कायम गर्न सहयोग पुगेको बताउनुभएको छ ।

‘ग्याल्वो र सोनाम ल्होसार पर्व, २०७७’ को पावन अवसरमा बौद्ध धर्मावलम्बी तथा तामाङ समुदायलाई आज एक शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री शाहीले हाम्रो समाजमा रहेका मौलिक पर्वहरुले राष्ट्रिय एकता र सद्भाव कायम गर्ने बताउनुभएको हो । नयाँ वर्ष आरम्भको रुपमा बौद्ध धर्मावलम्बीहरुले मनाउने ग्याल्पो र तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा उहाँले कर्णाली प्रदेशवासी तथा सम्पूर्ण नेपाली जनतामा समेत सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले सन्देशमा भन्नुभएको छ, “विभिन्न विशेषता र पहिचान बोकेका नेपाली साँस्कृतिक चाडपर्वहरु हाम्रा सम्पति हुन् । तिनको संरक्षण सम्वद्र्धन र प्रवद्र्धनले हाम्रो आपसी भाईचारा सम्बन्ध, सद्भाव र एकता दीगो तथा बलियो बनाउन मद्दत पुग्छ । हरेक चाडपर्व संरक्षण गर्नुमा हामी सबैको साझा भूमिका हुनुपर्दछ ।”

अन्त्यमा, सुखी र समुन्नत राष्ट्र निर्माणमा नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा र कर्णाली प्रदेश सरकारको ‘सुखी कर्णाली, सुखारी कर्णालीवासी’ को सपना पुरा गर्न बौद्ध धर्मावलम्बी तथा तामाङ समुदायको ल्होसार पर्वले मद्दत पुग्ने भन्दै उहाँले समग्र नेपाली जनतालाई एकतावद्ध हुने प्ररेणा मिलोस् भन्ने शुभकामना प्रदान गर्नुभएको छ ।

 

प्रतिकृया दिनुहोस्