OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ३०, २०७७सुर्खेत
१६५१ पटक

३० माघ २०७७, शुक्रबार

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले “ग्याल्पो र सोनाम ल्होसार पर्व, २०७७” को पावन अवसरमा शुभकामना सन्देश व्यक्त भएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले नयाँ वर्ष आरम्भको रुपमा बौद्ध धर्मावलम्बीहरुले मनाउने ग्याल्पो र तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा कर्णाली प्रदेशवासी तथा सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति र समृद्धिको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले बाह्र पशुपन्क्षी र जीवजन्तुका नामबाट वर्ष नामाकरण गरी सोही अनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिप्रदाको दिन मनाउँदै आएको बौद्ध धर्मावलम्बीहरुको ग्याल्पो ल्होसार अनुसार आजदेखि मुसा वर्ष सकिएर गोरु वर्ष शुरु भएको र तामाङ समुदायको सोनाम ल्होसार अनुसार सुङ्गुर वर्ष शुरु भएको अवसरमा यस पर्वले नेपाल र नेपालीमा आपसी भाईचारा, सामाजिक सद्भाव र एकता कायम गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले भन्नुभएको छ, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक विविधता रहेको नेपाली समाजमा यस प्रकारका चाडपर्वले सामाजिक सद्भाव र एकतालाई दीगो तथा दरिलो बनाउन मद्दत पुग्छ र यसमा हामी सबैको साझा दायित्व हुनुपर्दछ । ल्होसार पर्वले समग्र नेपालीहरुलाई एकतावद्ध गरी स्वच्छ, सुखी र समुन्नत राष्ट्र निर्माणमा योगदान पुर्याई ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न सहयोग पुग्ने विश्वास गरेको छु ।”

 

 

प्रतिकृया दिनुहोस्