OnlinePana

आज : २०८३ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २९, २०७७सुर्खेत
६८९ पटक

२९ माघ २०७७, बिहीबार

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा भोलि कर्णाली प्रदेश सरकार ११ र एन्फा ११ बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिताको हुने भएको छ ।

प्रतियोगिताको आयोजना जिल्ला फुटबल महासंघ सुर्खेतले गर्ने भएको छ । नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ कारण गत वर्ष चैत्र ११ पछि ठप्प रहेको खेल क्षेत्रलाई चलायमान बनाउन यो वर्षमै पहिलो पटक फुटबल प्रतियोगिता आयोजना गरिएको महासंघ सुर्खेतका महासचिव गणेशकुमार कार्कीले जानकारी दिनुभयो ।

उहाँले दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्न सन्देश दिने ध्येयले पनि प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । “प्रतियोगिता सुर्खेत रंगशालामा शुक्रबार बिहान ९ः०० बजेदेखि शुरु हुनेछ,” महासचिव कार्कीले भन्नुभयो, “जसमा कर्णाली ११ को कप्तानी मुख्यमन्त्री महेन्द्रबहादुर शाही र एन्फा ११ को कप्तानी पूर्व राष्ट्रिय फुटबलका कप्तान तथा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिहंले गर्नु हुनेछ ।”

कोरोना कहरले एक वर्षसम्म बन्द भएको खेलकुद क्षेत्रका गतिविधि पुनःसञ्चालन गर्ने कुराले खेल क्षेत्रमा आवद्ध युवाहरुमा खुशी आउने विश्वास रहेको उहाँको भनाई थियो । कर्णाली प्रदेश सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्ने तयारी यस अघिदेखि नै थालिरहेको छ ।

प्रतिकृया दिनुहोस्