OnlinePana

आज : २०८३ बैशाख १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २८, २०७७
५१६ पटक

२८ माघ २०७७, बुधबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा पोषणसम्बन्धी शिक्षा जरुरी भएको बताउनुभएको छ ।

कर्णाली प्रदेश नीति तथा योजना आयोग सुर्खेतद्वारा आज यहाँ आयोजित बहुक्षेत्री पोषण योजनासम्बन्धीे अभिमुखीकरण कार्यक्रममा बोल्दै यहाँका नागरिकहरुको खाद्य आदतमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । “कर्णालीमा कुपोषणलगायतका थुप्रै रोगहरु छन्,” उहाँले भन्नुभयो, “यसका लागि तालिम एवं प्रशिक्षण होइन, पोषणसम्बन्धी जनस्तरसम्म शिक्षा चाहिएको छ ।”

कर्णालीमा भोक लागेपछि मात्र खाने अवस्था विद्यमान छ भन्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई कुपोषणमुक्त प्रदेश बनाउने खालको नीति, कार्यक्रम तथा बजेट निर्माण गरेर अघि बढ्ने बताउनुभयो । कर्णालीका नागरिकहरुको प्रारम्भिक स्वास्थ्यसम्बन्धीको ज्ञान पाठ्यक्रममा नै उल्लेख गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा.सर्वजित खड्काले सबै सरोकारवालाहरुको एकीकृत कार्य योजनाबाट कर्णालीको कुपोषण दर घटाउन सकिने बताउनुभयो । यसका लागि सबैको हातेमालो आवश्यक रहेको उहाँको भनाई थियो । अभिमुखीकरणमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव वसन्त अधिकारी र युनिसेफका नेपाल प्रतिनिधि प्रकाशचन्द्र जोशीले कर्णालीको पोषणसम्बन्धीको तथ्याङकीय प्रस्तुति राख्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्