OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २८, २०७७काठमाडौं
३८३ पटक

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्रन प्रहरीलाई दबाव छ । प्रधानमन्त्री निवास बालुवाटारले सो दबाव दिएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका निकटस्थहरुको दबावमा गृह–सचिव महेश्वर न्यौपानेले नेकपा नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई दबाव दिएका छन् ।

आक्रामक अभिव्यक्तिका कारण चर्चामा रहेकी झाँक्रीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन हुनेगरी बोलेको आरोप छ । गोरखामा आयोजित विरोध कार्यक्रममा झाँक्रीले राष्ट्रपतिलाई बडामहारानी भनेकी थिइन् । राष्ट्रपतिको आलोचना गर्दै उनले भनेकी छिन्–‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु निर्वाचनको तयारीका लागि सुविधा छाडेर आउनुस् ।’

‘शीतलनिवास छाडेर पहिला कोटेश्वर आउनुस्, चावहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु,’ झाँक्रीले भनेकी थिइन्–‘होइन भने बालकोटै गएपनि हुन्छ ।’

उनको सो बोलीबारे राष्ट्रपति भण्डारी असन्तुष्ट छिन् । भण्डारीको असन्तुष्टि मेटाउन झाँक्रीलाई पक्राउ गर्न राज्यका संयन्त्र परिचालन गरिएको हो । उनलाई पक्राउ गर्ने तयारी भइरहेको गृह मन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए । ती अधिकारीले भने–‘झाँक्रीलाई पक्राउ गर्न गृहसचिव ज्यूले प्रहरी प्रधान कार्यालयलाई लगातार दबाब दिनुभएको छ ।’ रातोपाटीबाट

प्रतिकृया दिनुहोस्