OnlinePana

आज : २०८३ बैशाख १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २७, २०७७
८४१ पटक

२७ माघ २०७७, मंगलबार

पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले रु.९२ करोड ३७ लाख बजेटमा ९७ वटा आयोजना निर्माण गर्न थालिएको जनाएको छ ।

निर्देशनालयले पहिलो चौमासिकमा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चार किलोमिटर पक्की सडक निर्माण गरेको छ । यो प्रदेशको सुर्खेतमा मात्रै ८५ किलोमिटर सडक, आठ मोटरेवल पुल, दुई झोलुङ्गे पुल निर्माण गर्न थालिएको पूर्वाधार निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक वासुदेव पौडेलले जानकारी दिनुभयो ।

“यो असार मसान्तसम्म हामीले सुर्खेत जिल्लामा ३२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएका छौं,” निर्देशक पौडेलले भन्नुभयो, “७० किलोमिटर सडकमा नाली बनाउने, ग्राभेलिङ् गर्ने र बाटोको स्तरवृद्धि हुनेछ ।” अहिले जाडो समयमा कालोपत्रे गर्न नमिल्ने भएकोले अब फागुन महिनादेखि सडक कालोपत्रेको काम धमाधम हुने उहाँले बताउनुभयो ।

निर्देशक पौडेलका अनुसार चालु आव.०७७÷०७८ भित्रै ५० किलोमिटर नयाँ ट्रयाक खोल्ने र जनता आवास कार्यक्रम अन्तरगत ५०० घर निर्माण हुनेछन् । निर्देशनालयले निर्देशित कायतालिका अनुसार काम अघि बढेको र लक्ष्य गरिएबमोजिम आयोजनाहरु सम्पन्न हुने जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस्