OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २७, २०७७सुर्खेत
६१० पटक

२७ माघ २०७७, मंगलबार

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशमा सञ्चालित प्रसारक सञ्चार गृहलाई रु.एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय भएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको २५औं वार्षिक साधारणसभाको आजको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले प्रसारक साथै प्रकाशक सञ्चार गृहलाई पनि आर्थिक सहयोग गर्ने धारणा व्यक्त गर्नुभएको हो । ‘कर्णालीका एफएम रेडियो, केवल, टेलिभिजन र सिनेमालाई सूचना प्रसारण वापत एक लाख दिने निर्णय गरेका छौ’ भण्डारीले भन्नुभयो, ‘शुरुवातमा यसको ५० प्रतिशत रकम उपलब्ध गराउँछौ र सूचना प्रकाशन प्रसारण पछि पुरा रकम उपलब्ध गराउँछौ ।’

मन्त्री भण्डारीले प्रसारक सञ्चार गृहका साथै प्रिन्ट मिडियाका लागि पनि केही रकम छुट्याएको बताउनुभयो । कर्णालीका पत्रकारहरुका लागि दुर्घटना विमाको कार्यक्रम ल्याएको जनाउँदै उहाँले भन्नुभयो, ‘हामीले पत्रकारिता विषयअन्र्तगत स्नानतकोत्तर अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गरेका छौ । अहिले पत्रकारहरु छात्रवृत्तिबाट पत्रकारिता विषय अध्ययन गरिरहनुभएको छ ।’

अनुसन्धान विना नै समाचार प्रकाशनले नागरिकको मन जित्न नसक्ने भएकाले लेखाईलाई रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभएको उहाँले कतिपय मिडियामा त्रुटिपूर्ण समाचारहरु पनि आइरहेकोले अनुसन्धानात्मक ढंगले स्रोतको पुष्टि हुने गरी समाचारहरु सम्प्रेषण हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले जनमैत्री पत्रकारिता अहिलेको आवश्यकता रहेको औल्याउनुभयो । पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि कुठाराघात भएको जनउाँदै त्यसको अन्त्य हुन जरुरी रहेको उहाँको भनाई थियो ।

महासंघका कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले पत्रकार आवाजविहीनको आवाज हुनुपर्नेमा जोड दिनुभयो । नागरिक अगुवा पिताम्बर ढकालले संख्यात्मक मात्र नभई गुणत्मक पत्रकारिताको विकासलाई अघि बढाउन सुझाउनुभएको थियो ।

महासंघ जिल्ला शाखाको २५औं साधारणसभाबाट शान्ति तथा विकास पत्रकारिता, खानेपानी तथा सरसफाई पत्रकारितालगायतका विभिन्न विधागत पत्रकारिताबाट पत्रकारहरु भानुभक्त खड्का, डम्बर आचार्य, देवीराम देवकोटा, ललित बुढा, मानबहादुर ओली, खिम बुढा, मधुववन विसी, चाँदनी कठायत र गिता थापा पुरस्कृत तथा सम्मानित हुनुभएको छ ।

प्रतिकृया दिनुहोस्