OnlinePana

आज : २०८२ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २६, २०७७
४१२ पटक

२६ माघ २०७७, सोमबार

ओखलढुंगाको चम्पादेवी गाउँपालिकाकी एक महिलाले तीन सन्तानलाई जन्म दिएकी छिन् । आइतबार चम्पादेवी गाउँपालिका ५ की सान्ता कार्की बुढाथोकीले एकैपटक एक छोरी र दुई छोरालाई जन्म दिएकी हुन् । प्रसूती बेथा लागेर स्थानीय फेदिगुठ स्वास्थ्य चौकीमा जाँर्दैगर्दा बाटोमै एक छोरीलाई जन्म दिएकी उनले अन्य दुई सन्तानलाई भने काठमाडौस्थित थापाथली प्रसूती गृहमा पुगेपछि अप्रेसन मार्फत जन्माएको बिरामीका आफन्त मनोज बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीले एउटा सन्तानलाई सकुसल जन्म दिएपनि अन्य दुई सन्तानलाई जन्म दिन नसक्ने अवस्थामा पुगेपछि बिभिन्न व्यक्ति तथा निकायको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो । अहिले आमा र बच्चा सबैको अवस्था सामान्य रहेको पारिवारिक श्रोतले जनाएको छ ।

ग्रामीण भेग तथा दुरदराजमा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समस्या परेको अवस्थामा जिल्ला प्रशासन कार्यलयसँगको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमले निःशुल्क बिरामीको उद्धार गर्ने गरेको छ । यसले ग्रामणी भेगमा महिलालाई ठुलो राहत पुगेको स्थानियहरुले बताउने गरेका छन् । रातोपाटीबाट ।

प्रतिकृया दिनुहोस्