OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २४, २०७७सुर्खेत
५४३ पटक

२४ माघ २०७७, शनिबार

नेपाल प्रेस डटकममा कार्यरत पत्रकार शेरबहादुर थापामाथि हातपात गरिएको छ । समाचार संकलनको क्रममा दैलेख महाबु गाउँपालिकाका पुगेका पत्रकार थापालाई रिपोर्टिङ गर्दैै गर्दा सोही गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढाका छोरा ध्रुव बुढाले शुक्रबार साँझ ८ः१० बजेतिर हातपात र दुव्र्यवहार गरेको पीडित पत्रकार थापाले जानकारी दिनुभयो ।

“मैले गाउँपालिकाको पहिले लेखेको समाचारको विषयलाई लिएर हुन सक्छ, उपाध्यक्षका छोरा बुढाले एक्कासी हातपात गरे,” उहाँले भन्नुभयो, “हातपात पछि प्रहरीलाई खबर गर्दा बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।” यता प्रेस संगठन नेपाल कर्णाली प्रदेश समिति र प्रेस संगठन नेपाल जिल्ला कार्य समिति सुर्खेतले समाचार संकलन गर्न गएका पत्रकारमाथि गरिएको हातपात प्रेस स्वतन्त्रतामाथिको नाङ्गो हस्तक्षेप र सो कार्य निकै निन्दनीय भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छन् ।

प्रेस संगठन नेपाल कर्णाली प्रदेश समिति सहसंयोजक प्रतिक ईच्छुक शर्मा  र सुर्खेत जिल्ला संयोजक धर्मराज जिसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “कानूनी राज्यमा जनप्रतिनिधिका आफन्तबाट पत्रकारमाथि आक्रमण हुनु निकै दुःखद्, घृणित र लाजमर्दा कार्य हो । घटनाका दोषीमाथि कडा कारवाहीका लागि सम्बन्धित निकायसँग माग गदछौं ।”

हातपातमा संलग्न जनप्रतिनिधिको छोरा भएकोले घटना नियोजित भएको ठहर गर्दै संगठनका दुवै अध्यक्षले दोषीमाथि कारवाहीका लागि स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरुको गम्भीररुपले ध्यानाकर्षण गराएका छन् । त्यस्तै, पत्रकार तथा प्रेस स्वतन्त्रतामाथि देशैभरि भईरहेको आक्रमण र दुव्र्यवहारका घटनाको भत्र्सना गर्दै स्वतन्त्र, भयरहित र शान्त वातावरण निर्माण गर्न प्रेस संगठन नेपाल कर्णाली प्रदेश समितिले राज्यको ध्यानाकर्षण गरेको छ ।

प्रतिकृया दिनुहोस्