OnlinePana

आज : २०८२ बैशाख १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २२, २०७७
७९२ पटक

 २२ माघ २०७७, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समुहले गरेको देशव्यापी बन्द हड्तालमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित दुई मन्त्रीले आम हड्तालमाको समर्थन गर्दै सडकमा सहभागी हुनुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समुहले गरेको बन्द हड्तालमा मुख्यमन्त्री शाहीसहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा आमहड्ताल सफल बनाउन सडकमा उत्रिनुभएको हो ।

सुर्खेतको मंगलगढी चोकमा मुख्यमन्त्री शाहीसहित दुई मन्त्रीहरु बन्द हड्ताल तथा प्रदर्शनमा सहभागी हुनुभएको थियो । हड्तालमा सहभागी हुनुभएका मुख्यमन्त्री शाहीले सञ्चारर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध सडकमा आउनु परेको प्रतिक्रिया दिनुभयो

असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटन तथा संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिको विरुद्ध आन्दोलन गर्नुपरेको उहाँको भनाई थियो । बन्द शान्तिपूर्ण तरिकाले भएको थियो । हड्तालका क्रममा सडकमा भएको फोहोर दाहाल–नेपाल समुहका नेता कार्यकताहरुले आफै गरेका थिए ।

यहाँको बन्द हड्तालमा धरकपड नभएको र कुनै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । आन्दोलनकारीको भद्रताले भने सुर्खेत शान्तिपूर्ण अवस्थामा रहेको उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्