OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १७, २०७७सुर्खेत
८५० पटक

 १७ माघ २०७७, शनिबार

मध्यपश्चिमान्चल विश्वविद्यालय सुर्खेत, नेपाल र चाइना थ्री गर्जेज विश्वविद्यालय, चीनबीच दुई पक्षीय सम्झौता भएको छ ।

दुवै विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि यही माघ १६ गते सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा.नन्दबहादुर सिंह र चाइना थ्री गर्जेज विश्वविद्यालयका तर्फबाट प्रिजिडेन्ट प्रा. ही वेइजुनद्वारा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
अन्तरराष्ट्रिय सम्बन्ध कायम गर्न तथा दुई विश्वविद्यालय बीच आपसी समझदारी र शैक्षिक सहकार्य स्थापना गर्ने उद्देश्यका साथ गरिएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक तथा सूचना प्रविधि विज्ञ पञ्चदेव भट्टले जानकारी दिनुभयो ।

“सम्झौता पश्चात दुई विश्वविद्यालय बीच विशेष गरी प्राध्यापक, शोधकर्ता, प्रशासनिक कर्मचारी तथा विश्वविद्यालयमा अध्यनरत बिद्यार्थीहरु आदान–प्रदान हुनेछन्,” सूचना प्रविधि विज्ञ पञ्चदेव भट्टले भन्नुभयो, “दुवै विश्वविद्यालयले सामुहिक रुपमा अनुसन्धान संग सम्बन्धित परियोजनाहरु अगाडि बढाउन सकिने कुरा सम्झौतामा उल्लेख गरिएको छ ।”

त्यसैगरी विभिन्न लेक्चर तथा गोष्ठीहरु आयोजना गरिनुको साथै आपसमा विभिन्न शैक्षिक जानकारी तथा समाग्रीहरु आदान–प्रदान गर्ने र सम्झौताको मर्म पुरा गर्न तथा दुवै देशको कानुन एवं सम्झौताको परिधिमा रही विश्वविद्यालयअन्तर्गतका संकाय, स्कुल वा संस्थाहरुले एक आपसमा समझदारी गरी परियोजनाहरु सञ्चालन गर्न सक्ने सम्झौतमा उल्लेख गरिएको उहाँले बताउनुभयो ।

सम्झौताको अवधि हस्ताक्षर मितिदेखि पाँच वर्षको रहने जनाईएको छ । हाइड्रोइलेक्ट्रिक इञ्जिनियरिङ्ग र इलेक्ट्रिकल इञ्जिनियरिङ्ग विषयमा प्रख्यात मानिदै आएको चाइना थ्री गर्जेज विश्वविद्यालयस्वास्थ्य, सञ्चार तथा कम्प्युटर प्रविधि, स्पोर्ट्स, अर्थशास्त्र, व्यवस्थापनलगायतका विषयहरु पढाइ हुने चीनकै एक अग्रिणी विश्वविद्यालय हो । यस सम्झौता पश्चात् मध्यपश्चिमान्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापक, शोधकर्ता, कर्मचारी तथा अध्यनरत विद्यार्थीहरुले प्रत्यक्ष शैक्षिक लाभ लिनसक्ने विश्वास गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्