OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १६, २०७७सुर्खेत
८०६ पटक

१६ माघ २०७७, शुक्रबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शहीद दिवस–२०७७ को समग्र ज्ञात अज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

मुख्यमनत्री शाहीले शहीद दिवसको अवसरमा जहाँनिया राणा शासन विरोधी आन्दोलनसहित विभिन्न कालखण्डमा भएका जनआन्दोलन, जनयुद्ध र जनसंघर्षहरुमा आफनो जीवन उत्सर्ग गर्नुभएका महान् शहीदहरुप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।

जहानियाँ राणा शासन विरुद्धको संघर्षका क्रममा १९९७ सालमा बीर शहीदहरु शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले दिएको बलिदानको जगमा उठेको आन्दोलनले १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भई राणा शासन विरोधी आन्दोलनका यीनै महान् सहिदहरुको उच्च सम्मानमा हरेक वर्ष माघ १६ लाई शहीद दिवसको रुपमा मनाउदै आएका उहाँले बताउनुभएको छ ।

राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना भएयता पनि निरंकुश पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन, सामन्ती राजतन्त्रका विरुद्ध भएको १० वर्षे जनयुद्ध र ०६२÷६३ सालको जनआन्दोलन, मधेश आन्दोलनलगायत विभिन्न समयमा भएका जनसंघर्षहरुमा शहीदहरुले आफनो अमुल्य जीवनको बलिदानी बताउँदै शहीदहरुकै बलिदानले अहिले हामीले समावेशी, समानुपातिक, धर्मनिरपेक्षतासहितको संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका मुख्यमन्त्री शाहीको भनाई थियो ।

सहिदहरुको मार्गदर्शन एवं जनचाहना बमोजिम विकास र समृद्धिको अभियानलाई तीव्रता दिई सामाजिक न्यायसहित समाजवाद स्थापनाको दिशामा अघि बढ्नु नै अहिलेको प्रमुख राष्ट्रिय कार्यभार रहेको बताउनुभएका उहाँले यस दिशामा एकतावद्ध रुपमा अघि बढ्न म सबैमा हार्दिक अपिल गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्