OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १५, २०७७सुर्खेत
४२३ पटक

 

१५ माघ २०७७, बिहीबार

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसहितको टोली अग्निपीडितलाई राहत दिएर सुर्खेत फर्केको छ ।

मंगलबार साँझ ५ः३० बजे तिला गाउँपालिका ७ जुम्ला पोखरीस्थित गोठीगाउँमा भएको आगलागीबाट विस्थापित अग्निपीडितहरुका मन्त्री भण्डारीको टोली आज बिहान नेपाली सेनाको हेलिकोप्टरबाट ओढ्ने ओछ्याउने न्यानो कम्बल र कपडा, पाल, भाँडाकुडा, खाद्य वस्तुका लागि दाल चामल, नुन तेललगायतका राहत सामग्री लिएर त्यहाँ पुगेको थियो ।

“घटनास्थल पुगेर प्रत्यक्ष अवलोकन गर्नुभएका मन्त्री भण्डारीले अवस्था निकै दर्दनाक रहेको बताउनुभयो । घर सबै पूर्णरुपले ध्वस्त भएका छन् । पीडितहरुको आवास निर्माणका लागि आवश्यकका लागि पहल गर्नेछु,” उहाँले भन्नुभयो, “पीडितहरुका लागि सहयोग गर्न सबै सरोकारवालाहरुलाई अनुरोध गर्दछु ।” आगलागीबाट घाईते तीन महिलाहरुलाई उपचारका लागि हेलिकोप्टरमै सुर्खेत ल्याईएको उहाँले बताउनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाका अनुसार कठोर जाडोको समय र समुद्री सतहदेखि करिब तीन हजार मिटर उचाईमा पर्ने गोठीगाउँ बासीहरुका लागि ८९ थान न्यानो कम्बल, सात रोल पि–फर्म, नौ क्वीन्टल चामल, दुई बोरा नुन, सात पेटी तेल, १५० केजी दाल, २० केजी खुर्सानी बेसार र २८ सेट भाँडाकुडा राहत पठाईएको थियो ।

कानूनमन्त्री भण्डारीसँगै कर्णाली प्रदेशसभा सदस्यद्वय पदमबहादुर रोकाया, दीनबन्धु श्रेष्ठ, तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा, जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढा र सोही गाउँका अगुवा मोतिलाल रोकाया पनि घटनास्थलमा आज बिहान करिब ८ः०० बजे त्यहाँ पुग्नुभएको थियो । आगलागीबाट ३२ घर, १७ गाई, २३ गोरु र ३० बाख्रा जलेर पूर्णरुपले नष्ट भएका थिए ।

प्रतिकृया दिनुहोस्