OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १५, २०७७सुर्खेत
५८२ पटक

१५ माघ २०७७, बिहीबार

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका कार्यालय प्रमुख चेतननिधि वाग्लेले नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा तीनै सरकारकोे प्रभाव राम्रो रहेको बताउनुभएको छ ।

‘कोभिड–१९’ रोगको हालसम्मको प्रगतिको समीक्षा तथा कोभिड खोप’ सम्बन्धी सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रम आज जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले गरेको वार्षिक कामको प्रगति, भोग्नुपरेका समस्या, तिनको समाधान र चुनौतिका बारेमा प्रस्तुति राख्दै कार्यालय प्रमुख वाग्लेले विश्वव्यापी महाव्याधिमा तीनै तहका सरकारको शीघ्र एवं प्रभावकारी व्यवस्थापन रहेको बताउनुभयो ।

विश्वव्यापी संकट बनेको कोरोना महामारीमा नेपालमा एक प्रतिशत भन्दा कम र कर्णालीमा त्यस भन्दा झनै तलको दरमा मृत्यु रहेको जनाउँदै उहाँले भन्नुभयो, “सरकारले माघ १४ गतेबाट देशैभरि खोप अभियान थालेको छ । कर्णालीका १० जिल्लाका १२ अस्पतालबाट ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गरेका छौं । सुर्खेतमा पहिलो चरणमा दुई हजार ८०० जना नागरिकलाई लगाइने छ । जसमा आजको दिनसम्म ४४२ जनाले यो खोप लिएका छन् ।”

उहाँले १८ वर्ष भन्दा मुनिकालाई यो खोप लगाउने मापदण्ड उल्लेख नभएको र अति शीघ्र एलर्जी भएका, गर्भवती, स्तनपान गराउने महिला, गर्भधारण गर्ने ईच्छा भएका र रगत जन्मे रोग भएकाहरुले यो खोप लगाउन नमिल्ने बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा ‘कोभिशिल्ड’ खोप लगाएका व्यक्तिले दोस्रो चरणमा पनि त्यही खोप लगाउनुपर्छ ।

कर्णालीमा कोरोना भाइरस संक्रमण परीक्षण गरिएका करिब ९७ हजारमा ३३ हजार सुर्खेतकै गरिएको जनाउँदै हालसम्म यो प्रदेशमा मृत्यु हुनेको संख्या २९ पुग्दा २३ जना सुर्खेतका नागरिकले ज्यान गुमाउनुपरेको उहाँको भनाई थियो ।

जनस्वास्थ्य प्रमुख वाग्लेले जनस्वास्थ्य सेवा कार्यालयले कोभिडको अवधिभर हेल्थडेस्क स्थापना, स्वाब संकलन, कन्ट्याक्ट ट्रेसिङ, रेकर्डिङ तथा रिपोर्टिङ, प्राथमिक उपचार, कोभिडसम्बन्धी क्षमता अभिवृद्धिका तालिम, लजिष्टिक, रिफरल, शव व्यवस्थापनदेखि खोपलगायतका सेवा प्रवाहको उल्लेख्य प्रभाव रहेको जनाउनुभयो ।

कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा.नवराज केसीले परीक्षण गर्नलाई ‘कोभिशिल्ड’ खोप नेपाल पठाएको भन्ने भ्रमबाट सबैलाई मुक्त हुन सुझाव दिनुभयो । शुरुमा देखिएको कोरोनाको संक्रमण अहिले पनि त्यही अवस्थामा रहेको बताउनुभएका डा.केसीले नागरिकलाई हेलचक्र्याई नगर्न तथा पहिलो चरणमा लक्षित क्षेत्रमा कार्यरत व्यक्तिहरुले लगाएपनि अन्ततः सबैले यो खोप लगाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँको अनुसार कोभिडमा अबको अस्त्र भनकै भ्याक्सिन हो । कोभिड भ्याक्सिन दुई पटक लगाए ७५ प्रतिशत सुरक्षित भईने दावी गर्दै डा.केसीले खोप लगाउँदा कोरोना रोग निवारण हुने बारेमा जनतालाई सुसूचित हुनेगरी समाचार सम्प्रेष्ण गर्न त्रकार एवं सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्