OnlinePana

आज : २०८२ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १४, २०७७
७१३ पटक

 १४ माघ २०७७, बुधबार

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले जुम्लाको तिला गाउँपालिका ७ गोठीगाउँमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख कलौंनीले मंगलबार साँझपख भएको आगलागीबाट दुई दर्जन भन्दा बढी घर, पशुचौपाया, अन्नपात नष्ट भएको घटनाले आफुलाई निकै दुखित तुल्याएको बताउनुभएको छ । जारी विज्ञप्तिमार्फत उहाँले भन्नुभएको छ, “यस दुःखद् घडीमा अग्निीपीडित नागरिकहरुप्रति गहिरो सहानुभूति प्रकट गर्दै पीडित परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु ।”

घटनास्थलमा पीडितलाई तत्काल राहत एवं पुनःस्थापनको आवश्यक व्यवस्था मिलाउन उहाँले संघीय सरकार, कर्णाली प्रदेश सरकार, यहाँका स्थानीय तहहरु र गैर सरकारी संस्थाहरुको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिकृया दिनुहोस्