OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १४, २०७७जुम्ला
९३७ पटक

१४ माघ २०७७, बुधबार

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी आज अग्निपीडितलाई राहत लिएर घटनास्थल तिला गाउँपालिका ७ जुम्ला पोखरीस्थित गोठीगाउँमा तयारी थाल्नु भएको छ । यद्यपि आजै त्यहा जाने भनिएपनि प्राविधिक कारण जान नसकिएको जनाईएको छ ।

मंगलबार साँझ ५ः३० बजे भएको आगलागीबाट विस्थापित पीडितहरुका लागि तत्काल हेलिकोप्टरबाट आवश्यक राहत लिएर कानूनमन्त्री भण्डारी गोठीगाउँ जाने तयारी गर्नुभएको हो । ओढ्ने ओछ्याउने न्यानो कम्बल र कपडा, पाल, भाँडाकुडा, खाद्य वस्तुका लागि दाल चामल, नुन तेललगायतका सामग्री लिएर अग्निपीडित कहाँ जाने उहाँले जानकारी दिनुभयो । उहाँसँगै कर्णाली प्रदेशसभा सदस्य पदमबहादुर रोकाया र दीनबन्धु श्रेष्ठ पनि घटनास्थलमा जाने बताईएको छ ।

कठोर जाडोको समय र समुद्री सतहदेखि करिब तीन हजार मिटर उचाईमा पर्ने गोठीगाउँ बासीहरुका लागि ८९ थान न्यानो कम्बल, सात रोल पि–फर्म, नौ क्वीन्टल चामल, दुई बोरा नुन, सात पेटी तेल, १५० केजी दाल, २० केजी खुर्सानी बेसार र २८ सेट भाँडाकुडालगायतको राहत पठाउने तयारी गरिएको कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जानकारी दिनुभयो ।

आगलागीबाट ३२ घर, १७ गाई, २३ गोरु र ३० बाख्रा जलेर नष्ट भएका हुन् । विपत् प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेपनि विकट भूगोल र सुख्खा क्षेत्र भई पानीको अभावका कारण बस्ती पूर्णरुपले खरानी भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्