OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १४, २०७७जुम्ला
६८६ पटक

१४ माघ २०७७, बुधबार

तिला गाउँपालिका ७ जुम्ला पोखरीस्थित गोठीगाउँमा मंगलबार बेलुकी ७ः०० बजे देखि भएको भीषण आगलागीबाट ३२ घर र ७० पशु चौपाया जलेर नष्ट भएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आज दिएको जानकारी अनुसार गोठीगाउँको आगलागीबाट ३२ घर, १७ गाई, २३ गोरु र ३० बाख्रा जलेर नष्ट भएका हुन् । आगलागीबाट मानवीय क्षति भने कुनै पनि भएको छैन । स्थानीय परबहादुर रोकायको घरमा खाना पकाउने हिमाली चुल्होको पाईपबाट आगोको झिल्का निस्कन गई घरको छाना सल्केर आगलागी भएको जनाईएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लामा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना घटनास्थलमा पुगेको बताउनुभयो । “विकट भूगोलमा अवस्थित बस्ती र पानीको अभाव भएकोले आज पनि आगो पूर्णरुपले नियन्त्रणमा आउन सकेको छैन,” प्रहरी नायब उपरीक्षक काफ्लेले भन्नुभयो, “करिब रु.तीन करोडको क्षति भएको अनुमान गरिएपनि पूर्ण विवरण भने आईपुगेको छैन ।”

सडक सञ्जालसँग नजोडिएको कारण दमकल लिएर जाने अवस्था नभएको र भिरालो बस्तीमा भएका घरले तलदेखि माथिसम्म एकैपटक आगलागी हुँदा ठूलो क्षति हुन पुगेको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम जुम्ला खलंगादेखि ३५ किलोमिटर दूरीमा रहेको छ ।

प्रतिकृया दिनुहोस्