OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीमाघ १४, २०७७ सुर्खेत
८३६ पटक

 १४ माघ २०७७, बुधबार

ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगंगा नगरपालिका २ सप्तरी १२ मसिनास्थित छिन्चुबाट अवैध तरिकाले सुर्खेत वीरेन्द्रनगर लिँदै गरेको १४७ थान सालको चिरान काठसहित १२ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले आज राती १ः४० बजेको समयमा सालको अवैध काठ लिएर छिन्चुदेखि वीरेन्द्रनगर सुर्खेत जाँदै गरेको लु २ ख २१० नम्बरको ट्रक चालक भेरीगंगा नगरपालिका २ सप्तरी निवासी १८ वर्षीय विकास केसीसहित १२ जनालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिईएका अन्य व्यक्तिहरुमा सोही वडाका १२ वर्षीय हिमाल खड्का, १३÷१३ वर्षीय योगराज बुढा र निराजन वि.क, १४ वर्षीय प्रदिप वली, १५÷१५ वर्षीय मदन भण्डारी र अम्मर डि.सी, २०÷२० वर्षीय पदम खत्री र राम वली, २२ वर्षीय अनन्त बुढा, २५ वर्षीय तुलबहादुर वली र ३५ वर्षीय सोमबहादुर वि.क. रहेको प्रहरीले जनाएको छ ।

“अवैध रुपमा लैजादै गरेको १४७ थान सालको चिरान गरेको काठ नाप तौल गर्दा ७७.६४ क्यु फिट रहेछ,” उहाँले भन्नुभयो, “विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी नायब निरीक्षक डिल्लीबहादुर चन्दको नेतृत्वमा गएको आठ जनाको टोलीले ट्रक र ती व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि छिन्चु वन कार्यालयका रेन्जर भोजप्रसाद उपाध्यायको जिम्मा लगाईएको छ ।”

१२ वर्षसहित छ बालक पक्राउ

ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले अवैध काठ तस्करमा छ जना बालक पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबै भेरीगंगा नगरपालिका २ सप्तरी सुर्खेतकै रहेका छन् । पक्राउ पर्नेमा बालकहरुमा १२ वर्षीय हिमाल खड्का, १३ वर्षीय योगराज बुढा, १३ वर्षकै निराजन वि.क, १४ वर्षीय प्रदिप वली, १५ वर्षीय मदन भण्डारी र १५ वषकै अम्मर डि.सी रहेका छन् । यसबाट पछिल्लो समयमा किशोर अवस्थामा बालबालिकाहरु अपराधिक क्रियाकलापमा संलग्न भएको पाईएको छ ।

 

प्रतिकृया दिनुहोस्