OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १४, २०७७सुर्खेत
५५४ पटक

 १४ माघ २०७७, बुधबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले ८५० मिलिग्राम लागु औषधसहित एक युवालाई पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत २५ वर्षीय युवा सरोज पन्तलाई प्रहरीले सोमबबार मध्यराति पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय अन्तरगत लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालयाट खटिएको प्रहरी टोलीले पन्तलाई शंकास्पद तरिकाले वीरेन्द्रनगर नगरपालिका १० बुलबुले गेट नजिकै गएराति हिंडिरहेको अवस्थामा नियन्त्रणमा लिईएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

“नियन्त्रणमा लिईएका उनको शरीर खानतलासी गर्दा उनले लगाएको चेष्ट गार्डको अगाडिको खल्ती र साथमा भएको मोबाईल कभरभित्र लागु औषध ब्राउन सुगर जस्तो प्लाष्टिकमा धुलो पदार्थ भेटियो,” प्रहरी नायब उपरीक्षक घर्तीले भन्नुभयो, “रितपूर्वक बरामद गरिएको लागु औषध ब्राउन सुगर नापतौल गर्दा ८५० मिलिग्राम भयो ।”

पन्तको साथमा लुकाई छिपाई राखेको विभिन्न दरको नोट रु.दुई लाख ४३ हजार ४० बरामद गरिएको र पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्