OnlinePana

आज : २०८२ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ ९, २०७७
९२७ पटक

९ माघ २०७७, शुक्रबार

बिलिभर्स ईस्टर्न चर्च समुदाय वीरेन्द्रनगर सुर्खेतले यहाँका ७८ बालबालिकाहरुलाई आज न्यानो ज्याकेट वितरण गरेको छ ।

समुदायअन्तरगतको ‘होप फर चिल्डे«न’ ले वीरेन्द्रनगर नगरपालिका भित्रका बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरेको हो । चिसोको समयमा विशेषगरी विपन्न बालबालिकाहरु बढी प्रभावित हुने कुरालाई ध्यानमा राखेर उनीहरुलाई न्यानो ज्याकेट र गलबन्दी वितरण गरिएको बिलिभर्स चर्च सुर्खेतका चर्च फादर पूर्ण वर्देवाले जानकारी दिनुभयो ।

“हामीले ती बालबालिकाहरुलाई आठ वर्षदेखि पठनपाठनमा समेत सहयोग गदै आएका छौं,” चर्च फादर वर्देवाले भन्नुभयो, “कोरोना महामारीका कारण पठनपाठन सहयोगमा केही अवरोध आएपनि चिसोबाट बच्न मद्दत पुगोस् भनेर यतिबेला न्यानो होस् भनेर ज्याकेट तथा गलबन्दी उपलब्ध गराएका छौं ।”

यता वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेतस्थित सृजनशील टोल विकास समितिका अध्यक्ष नन्दा श्रेष्ठले चर्चले हिजोदेखि समाजमा गाह्रो साह्रो परेका मान्छेलाई सहयोग गर्दै आएको र आज पनि विपन्न बालबालिकाहरुलाई न्यानोबाट बच्न लुगा वितरण गरेको प्रति धन्यवाद व्यक्त गर्नुभयो । “सेवा नै धर्म हो जुन बिलिभर्स चर्चले दुःखमा साहयता दिँदै आएको छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

अप्ठ्यारोमा पर्दा दिइने सहयोग नै सत्य धर्म र कर्म भएको उहाँको भनाई थियो । अध्यक्ष श्रेष्ठका अनुसार यस वडामा सबै धर्म, जाति, भाषा र क्षेत्रका मानिसहरुबीच गहिरो सद्भाव कायम छ । बिलिभर्स ईस्टर्न चर्च कोहलपुर डायोसिसका फादर ईश्वर लामाले विपन्नताले गाँजिएका, दुःखमा परेका, समाजबाट बहिस्कृत भएका, राज्यको मूलप्रवाहमा आउन नसकेका सबै वर्ग, जातिका मानिसहरुको सेवामा गर्दै आएको बताउनुभयो ।

प्राकृतिक विपत्ति बाढी, आगलागी जस्ता घटनाबाट पीडामा परेकाहरुलाई पनि बिलिभर्स समुदायले सहयोग गर्दै आएको फादर लामाको भनाई थियो । यस अघि गत पुस २१ गते उक्त समुदायले सुर्खेत चिङ्गाड गाउँपालिका ६ पाम्कास्थित पुँडे भन्ने ठाउँमा पुगेर ४५ घरका राउटे परिवारलाई कम्बल वितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस्