OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ६, २०७७ सुर्खेत
५३४ पटक

 

६ माघ ३०७७ मंगलबबार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले कृषि क्षेत्रको कमजोरी भनेकै तथ्याङ्क रहेको बताउनुभएको ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको समन्वय तथा नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय काठमाडौंद्वारा आयोजित तीन दिने ‘किसान सूचीकरण प्रणालीसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण’ को आजको समापन कार्यक्रममा बोल्दै सचिव डा.मिश्रले कुनैपनि क्षेत्रको विकास तथा योजनाको महत्वपूर्ण आधार भनेकै तथ्याङ्क भएको उहाँले दावी गर्नुभयो ।

सचिव मिश्रले भन्नुभयो, “कृषिमा कही कमजोरी छ भने तथ्याङ्कमा छ । सहि तथ्याङ्कका आधारमा काम गर्ने प्रक्रियामा हामी चिप्लिराखेको छ । हाम्रो किसानको वास्तविक तथ्याङ्क नभई हामीले कृषिमा सहि काम गर्न सक्दैनौं । एक पटक मात्र हामीले तथ्याङ्क प्रवेश गर्न सक्यौं भने हामीले दीर्घकालिन् विकास खाका कोर्न सक्छौं ।”

उहाँले अगाडि भन्नुभयो, “कर्णाली प्रदेशमा हाल दुई लाख ९८ हजार घरधुरीहरु छन् । हामीले दुई लाख ५० हजार जति तथ्याङ्क संकलन गर्नुपर्ला । यसको संकलनबाट तथ्यको नजिक जान सकिएला । देशका सबै ठाउमा तालिम सम्पन्न भएपछि फागुन किसान सूचीकरणको दर्ता कार्य शुरु हुन्छ ।” तथ्याङ्क संकलनपश्चात् मात्र दोस्रो चरणमा किसानहरुको वर्गीकरण गर्न लाग्न सकिने उहाँको भनाई थियो ।

नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सञ्जेलले किसान सूचीकरण व्यवस्थापन प्रणाली (सफ्टवेयर दर्ता) सरकारको महाअभियान भएको बताउनुभयो । सहसचिव सञ्जेलले प्रदेशस्तरी अभिमुखीकरणमा सहभागीहरुलाई तीन दिनसम्म प्रशिक्षणबाट प्राप्त सबै ज्ञान तथा सीप जिल्ला तथा स्थानीय तहका प्रशिक्षक तथा सहजकर्तालाई राम्रोसँग हस्तान्तरण गर्न
आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी कर्णालीका १० वटै जिल्लाका कृषि तथा पशुसेवा कार्यालयमा कार्यरत प्रमुखहरुले कृषि मानव जनजीविकाको मूल आधार भएको बताउँदै कृषि र किसान कसरी अघि बढ्न सक्छन् भन्नेतर्फ तथ्य एवं नीतिगत ढंगबाट राज्य अगाडि बढ्नुपर्ने सुझाएका थिए ।

प्रतिकृया दिनुहोस्