OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ५, २०७७सुर्खेत
६६५ पटक

५ माघ २०७७, सोमबार

सुर्खेत क्याम्पस शिक्षाका पूर्व विद्यार्थीहरुले पूर्व सङ्घ गठन गरेका छन् । कर्णाली प्रदेश नीति तथा योजना आयोगका सदस्य योगेन्द्र शाहीको संयोजकत्वमा सात सदस्यीय सङ्घ गठन गरिएको हो ।

सुर्खेत क्याम्पस शिक्षामा अध्ययन गरी हाल मुलुकका विभिन्न क्षेत्रमा कार्यरत पूर्व विद्यार्थीहरुद्वारा आज गठित सङ्घमा संयोजक शाहीसहित पाँच जना पूर्व सभापति नै छन् । उक्त सङ्घको सदस्यहरुमा शिक्षा क्याम्पसका पूर्व सभापतिहरु देवकुमार सुवेदी, तेजविक्रम बस्नेत, चतुर्भुज शाही, र कमल सिंजापति रहेको छन् ।

त्यस्तै, कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्याय सङ्घको सदस्यमा चयन हुनुभएको छ भने सुर्खेत क्याम्पस शिक्षा (बिहानी कार्यक्रम)का सहायक क्याम्पस प्रमुख राजनकुमार कँडेल सङ्घको सदस्य सचिव तोकिएको छ ।

सुवेदी हाल वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख हुनुहुन्छ भने बस्नेत मध्यपश्चिम विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख हुनुहुन्छ । त्यस्तै, सिंजापति मध्यपश्चिम विश्वविद्यालय ‘स्कुल अफ ल’ (बीए, एल.एल.बी) कार्यक्रमका प्रशासकीय प्रमुख हुनुहुन्छ । सदस्य शाही भने राजनीतिमा सक्रिय रहेको जनाईएको छ ।

सङ्घका संयोजक शाहीले शिक्षा क्याम्पसमा उत्पादित जनशक्ति कोही कमजोर नभएको यद्यपि आफूलाई त्यहाँ पुर्याउने क्याम्पसको अपेक्षित उन्नयन हुने नसकेकोले त्यसको सर्वाङगीण विकासका लागि हुने आवश्यक सहयोगार्थ विभिन्न सरकारी, गैरसरकारी संस्था र स्वदेश तथा विदेशमा रहेका व्यक्ति र संस्थासंग समन्वय गर्ने बताउनुभएको छ ।

गठित सङ्घले क्याम्पसलाई बहुमुखी क्याम्पसमा रुपान्तरण गरी समयसापेक्ष नयाँ खालका विषयहरु राख्ने र विद्यार्थीहरुको अभिलेख अद्यावधिक गरी स्मारिका प्रकाशन गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्