OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २५, २०७६जुम्ला ।
४७३ पटक

जिल्ला स्तरीय ११ औ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सम्पन्न भएको छ । .
११ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी भने भने चन्दननाथ नगरपालिकाले हात पारेको छ । नगरपालिकाले १५ स्वर्ण , ९ रजत र ७ कास्य पदक सहित प्रथम स्थान हाशिल गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बरमबहादुर महतले जानकारी दिनुभयोे । यसैगरी दृतीय स्थान कनकासुन्दरी गाउँपालिका भएको छ । कनकासुन्दरीले ५ स्वर्ण, ६ रजत र १० कास्य पदक हाशिल गरेको छ । यसैगरी सिञ्जा गाउँपालिकाले ५ स्वर्ण, ६ रजत र ६ कास्य पदक उपलब्ध गराएको कार्यालयले जानकारी दिएको छ । यसैगरी रनिङ्गशिल्ड प्रतियोगितामा छात्र र छात्रा तफको भलिवल सिंजा गाउँपालिकालाई पराजित गर्दै कनकासुन्दरी गाउँपालिकाले जित हासिल गरेको आयोजकले जनाएको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, हामी सबैका लागि खेलकुद” भन्ने नाराको साथ युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व तथा जिल्ला खेलकुद विकास समिति जुम्लाको आयोजनामा शुरु भएको १०० मीटर छात्र दौडमा सिञ्जाका रमेश घर्ति प्रथम भएकाछन् । यसैगरी छात्रा दौडमा चन्दननाथ नगरपालिकाको छात्रा अन्जना न्यौपाने प्रथम भएकी छन् ।
यसैगरी छात्र २०० मिटर दौडमा चन्दननाथ नगरपालिकाका डिल्लीबहादुर भण्डारी र छात्रामा अन्जना न्यौपाने प्रथम भएकी छन् । यसैगरी ४ सय मिटरमा कनकासुन्दरीका लक्ष्मी प्रसाद आचार्य र छात्रामा चन्दननाथ नगरपालिकाका पुनम सेजुवाल प्रथम भएका छन् । ८ सय मिटर छात्र दौडमा चन्दननाथकै डिल्ली भण्डारी र छात्रा दौडमा मञ्जु रावत प्रथम भएका छन् । १५०० मिटर दौडमा चन्दननाथका विदुर सुनार र छात्रामा मञ्जु सुनार प्रथम भएका छन् ।
१३ बर्षिय हिमाली ३००० मा प्रथम ः
हिमा गाउँपालिकाकी १३ बर्षिय बालिका हिमाली शाहीले ३००० मीटर दौड प्रतियोगितामा प्रथम भएकी छन् । हिमालीले चन्दननाथ नगरपालिकाकी मञ्जु रावतलाई हराउदै प्रथम भएकी हुन् । हिमाली प्रथम भएपछि भने धेरैले पत्याउन सकेका थिएनन् । उनले ३००० मिटरमा दौडमा १४ मिनेट ५३ सेकेण्ड समयमा दुरी पार गरेकी थिईन भने दोस्रो हुने मञ्जु रावतले १५ मिनेट १० सेकेण्ड समय लगाएकी छन् । प्रथम हुने खेलाडी प्रदेश प्रतियोगितामा छनौट भएकी छन् । यसैगरी सटफुटमा छात्रतर्फबाट सिञ्जा गाउँपालिकाका भेषबहादुर रावत, छात्रामा कनकासुन्दरी गाउँपालिकाकी रामपुरा बुढा प्रथम भएका छन् । हाईजम्प छात्र चन्दननाथका सुनिल भण्डारी, छात्रामा चन्दननाथकै अष्टागिरी प्रथम भएका छन् । लमजम्पमा सिञ्जा गाउँपालिकाका रमेश खत्रि छातामा पातारासीका समिता बुढा रहेका छन् । त्रिपलजम्पमा सिञ्जा गाउँपालिकै रमेश घर्ति र छात्रामा हिमा गाउँपालिकाकी सुधा शाही प्रथम भएकी र ज्याभलिङथ्रोमा छात्र तर्फ चन्दननाथका नवराज रावल र छात्रा तर्फ कनकासुन्दरीका बास्मति बुढा प्रथम भएकी छन् ।
रनिडङ शिल्डको समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख लालवहादुर सार्कीले स्वस्थ्य र अनुसाशनका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहेकाले खेल क्षेत्रको प्रवर्धन गर्नुपर्ने बताउनुभयो । यसैगरी खेलाडीहरुलाई टफी र प्रमाणपत्र समेत प्रमुख अतिथि सार्की सहित अतिथिहरुले गरेका थिए । यसैगरी भने असार २४, २५ र २६ गते सुर्खेतमा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागि हुन खेलाडिहरु सोमवार सुर्खेत गईसकेका जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्