OnlinePana

आज : २०८२ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ ४, २०७७
७९५ पटक

४ माघ २०७७, आईतबार

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा अवस्थित पर्यटकीयस्थल बुलबुले तालमा फसेको घाइते जरायोको बच्चाको उद्धार गरिएको छ ।

बुलबुले तालमा फस्दा घाइते भई अचेत बनेको करिब तीन वर्षको जरायोलाई आज बिहान उद्धार गरी वन कार्यालयमा लगेर उपचार शुरु गरिएको डिभिजन वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत टेक रावलले जानकारी दिनुभयो । तालको बीचमा जरायो फसेको भन्ने स्थानीयबाट खबर पाएपछि तत्काल डिभिजन वन कार्यालयको टोलीले घटनास्थलमा पुगेर उद्धार गरेको सहायक वन अधिकृत रावलले बताउनुभयो ।

उहाँका अनुसार घाइते जरायो संरक्षित क्षेत्र काँक्रेबिहार जंगलबाट बाहिर निस्केको र अचेत अवस्थामा दौडिँदा बुलबुलेको तारजालीमा ठोक्किएर घाइते भएको हुन सक्ने कार्यालयले अनुमान गरेको छ । बच्चा जरायोको टाउकोमा चोट लागेकोले उपचार सेवाबाट निको भएपछि काँक्रेविहार जंगलमा छाडिने डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ ।

विशेषगरी रातिको समय जंगलमा चोरी शिकारी बढ्न थालेपछि हिँजो आज काँक्रेबिहारको जंगलमा रहेका जनावर बाहिर आउन थालेका छन् । जसले गर्दा त्यहा रहेका जनावहरु असुरक्षित हुँदै गएको स्थानीयवासीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्