OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ३, २०७७सुर्खेत
४७८ पटक

३ माघ २०७७, शनिबार

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको कारागार निरीक्षण गर्नुभएको छ ।

काठमाडौंबाट आजै सुर्खेत पुग्नुभएको गृहसचिव न्यौपानेले आज बेलुका ५ः०० बजे निर्माणाधिन सुर्खेत कारागारको निरीक्षण गर्नुभएको हो । कारागार निरीक्षण गर्नुका साथै उहाँले जिल्ला प्रशासन कार्यालय सुर्खेतको गैर आवासीय भवन शिलन्यास, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको नवनिर्मित भवनको उद्घाटनसमेत गर्नुभएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

शिलन्यास गरिएको भवन रु.सात करोड ६१ लाख ५८ हजारको लागतमा निर्माण हुन थालेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । “गृह सचिवकै प्रमुख आतिथ्यतामा आज अन्तर जिल्ला सुरक्षा समन्वय गोष्ठी सम्पन्न भएको छ,” प्रमुख जिल्ला अधिकारी रेग्मी भन्नुभयो, “बैठकमा प्रतिबन्धित विप्लव समुहको गतिविधि रोक्न र निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन निर्देशन दिईएको छ ।”

सुरक्षा गोष्ठीमा लुम्बिनी प्रदेशका दाङ, बर्दिया, सुदूरपश्चिम प्रदेशको अछाम र कर्णाली प्रदेशका जाजरकोट, सल्यान, सुर्खेत र दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी, कर्णाली प्रदेश प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल कर्णाली प्रदेशका प्रमुखको सहभागिता रहेको थियो ।

जिल्ला कारागार सुर्खेतका जेलर लक्ष्मी खरेलले रु.दुई करोड लागतमा निर्माणाधिन १०० क्षमताको कारागार भवन जतिसक्दो छिटो सम्पन्न गराउन गृहसचिव न्यौपानेले निर्देशन दिनुभएको बताउनुभयो । बन्दी गृह निरीक्षण गर्नुभएका गृहसचिवले कारगारको व्यवस्थापनार्थ आवश्यक गृहकार्य भईरहेको प्रतिक्रिया दिनुभएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्