OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही माघ २, २०७७जुम्ला,
१७९४ पटक

खलङ्गा माघ २ गते । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशका सवै नागरिक र राष्ट्रसेवक कर्मचारीहरुको बीमा सुरक्षित गरिएको बताउनु भएको छ ।

२३ औ भुकम्प सुरक्षा दिवसको अवसरमा जुम्लामा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले कर्णाली वासीका सवै नागरिकको बीमाको कार्यक्रम राहत स्वरुप बीमा अगाडि बढाईएको बताउनुभयो । कर्णालीका कोही पनि नागरिक विपतबाट मृत्यू भएमा रु दुई लाख रकम दिने बीमा प्याकेज प्रभावकारी र नमूना भएको जानकारी दिनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत बिपतमा मृत्यू भएमा रु दुई लाखका दरले रकम उपलब्ध गराउने कार्य कार्यान्वयन भएको जानकारी गरिएको छ । मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी सँग बीमा सम्झौता भईसकेकाले कार्यान्वयन शुरु भएको जानकारी गरेको छ ।

बिपतका कारण घर भत्केमा रु एक लाख :
कर्णाली प्रदेशमा बिपतमा घर भत्केमा रु एक लाख रुपैया पाउने व्यवस्था गरिएको
१३ सयघरलाई रु एक लाख रकम दिने निर्णय गरिएको छ । सो अनुसार नागरिकलाई कसैको घर विपतले भत्केमा सेवा लिन मन्त्री भण्डारीले आवाह््रान गर्नुभयो । यसैगरी जुम्लमा पर्वतीय प्रहरी प्रतिष्ठान शुरु हुने । कर्णाली प्रतिष्ठान भन्दा ठूलो योजना र उपहार दिने तयारी भईरहेको दावी गर्नुभयो ।

सुर्खेतमा छ सय १४ घर बने :
यसैगरी आन्तरिक मामिला तथा कानून मन्त्री नरेभ भण्डारीले सुर्खेतमा बाढीका कारण घर गुमाएका र अलपत्र परेका एक हजार ४५ घर मध्य छसय १४ जना नागरिकको कर्णाली सरकारले घर निर्माण गरेको छ । कालिकोटका पलाता लगायतका क्षेत्रमा आगलागी हुदा क्षेति भएका घर बनाईएको बताउनुभयो । मन्त्री भण्डारीले दिवसको अवसरमा पुर्व तयारी, प्रतिकार्य र पुनस्थापना तिनैमा जोड दिन आवश्यक रहेको बताउदै भवन निर्माण आँचार सहितामा जोड दिन निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रदेश सभाका सांसद पदम रोकायाले अहिलेको विकास गर्दा विनासलाई पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले डोजरले प्रकृतिलाई नास गर्दै आएको भन्दै होशियार हुन आवश्यक रहेको बताउनुभयो । अहिलेनै कस्ता घर बनाउने बिषयमा हामी सचेत भएका हामी ठूलो क्षेतिबाट जोगिने उहाँको भनाई छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भुकम्प सुरक्षाका लागि दिर्घकालिन कामको योजना स्थानीय सरकार सम्म पुरयाउन आवश्यक रहेको जानकारी दिनुभयो ।

नेपाली सेनाबाट आगलागी उद्धार डेमो प्रदर्शन :
दिवसमा नेपाली सेनाले घर आगलागी भएपछिको उद्धारको बिषयमा डेमो प्रदर्शन गरेको थियो । नन्दाबक्स गणको बिपत विशेष टोलीले घर आगलागी पछि उद्धार तथा स्वास्थ्यचौकी सम्म पुरयाउने बिषयमा भिडियो देखाएको थियो ।

यसैगरी नेपाली सेना, शशस्त्र प्रहरीले बिपतमा आवश्यक उद्धारका सामग्रीहरुको स्टल मन्त्री भण्डारी, सांसद रोकाया सहित सरोकारवाला निकायहरुले अवलोकन गरेका थिए ।
कार्यक्रममा म मेरो घर लगाउदा भुकम्पमैत्री बनाउछु भन्ने प्रतिवद्धतामा समेत हस्ताक्षर गरिएको थियो ।

प्रतिकृया दिनुहोस्