OnlinePana

आज : २०८३ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १, २०७७
७६२ पटक

१ माघ २०७७, बिहीबार

कर्णाली प्रदेशका प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साँस्कृतिक पर्वहरुले राष्ट्रिय एकता, सद्भाव र सहिष्णुता कायम गर्न सहयोग पुर्याएको बताउनुभएको छ ।

‘मकर सङ्क्रान्ति’, ‘माघे सकराती’ ‘माघी पर्व’ तथा ‘राष्ट्रिय योग दिवस, २०७७’ को पावन अवसरमा कर्णालीवासी तथा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति तथा आरोग्यता लागि हार्दिक शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहीले बहुसाँस्कृतिक, बहुजातीय, बहुधार्मिक, बहुभाषिक विविधताले भरिपूर्ण नेपालमा साँस्कृतिक पर्वहरुले राष्ट्रिय एकता र आपसी सद्भाव कायम गर्नमा सहयोग पुगेको बताउनुभएको हो ।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले भन्नुभएको छ ः “नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक समावेशी मुलुक हो । लोकतन्त्रले सबैको साँस्कृतिक पर्वलाई सम्मान गरेको छ । साँस्कृतिक, धार्मिक, जातीय र भाषिक विविधताले विश्वसामु चिनिएको नेपालको मौलिक विशिष्टता र चाडपर्वहरुले सामाजिक सद्भाव, अखण्डता, साझा पहिचान र राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छु ।”

त्यसैगरी, मानव जीवनका लागि योग तथा ध्यानको महत्वलाई बुझेर नेपाल सरकारले विसं.२०७२ देखि माघ १ गतेलाई ‘राष्ट्रिय योग दिवस’ घोषणा गरेको जनाउँदै मुख्यमन्त्री शाहीले ‘योग गरौं डटेर, कोभिड जान्छ हटेर’ भन्ने मूल नारासँगै आज मनाईदै गरेको योग दिवसले सबैको रोग प्रतिरोधात्मक क्षमता बढाउने अपेक्षा गरिएको बताउनुभएको छ । साथै कोभिड–१९ पूर्ण नियन्त्रण नआईसकेको भन्दै सावधानीका साथ पर्व मनाउन समेत आग्रह गर्नुभएको छ ।

अन्त्यमा उहाँले बहुसंस्कृतिभित्रको एक महत्वपूर्ण संस्कृति ‘मकर सङ्क्रान्ति’, ‘माघे सकराती’, ‘माघी पर्व’ र ‘राष्ट्रिय योग दिवस, २०७७’ ले समस्त नेपालीमा खुशी, उमङ्गसहित शान्तिको सन्देश फैलाउँदै आपसी एकता, सद्भाव र सहिष्णुता अक्ष्क्षुण रहोस् र हरेकको जीवनमा आरोग्यता प्राप्त होस् भन्ने कामना गर्नुभएको छ । कर्णाली प्रदेश सरकारले गत वर्षदेखि राजपत्रमा प्रकाशित गरेर यो प्रदेशभर ‘माघी पर्व’ को सार्वजनिक विदा दिँदै आएको छ ।

 

प्रतिकृया दिनुहोस्