OnlinePana

आज : २०८३ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २८, २०७७
८१३ पटक

 २८ पुस २०७७ मंगलबार

कर्णालीका महिला अधिकारवादी तथा नेकपाका महिला नेत्री लक्ष्मीकन्या बुढा (प्रतीक्षा)द्वारा लिखित पुस्तक ‘मुक्ति अभियान’ विमोचन भएको छ ।

नेकपाको स्थायी कमिटि सदस्य तथा महिला नेत्री पम्फा भुसालले मंगलबार पेरिसडाँडा कोटेश्वर काठमाडौंमा उक्त पुस्तकको विमोचन गर्नुभएको हो । नेपाली महिलाले नेपालको ईतिहासमा भएका विभिन्न आन्दोलनमा खेलेको भूमिका र जनयुद्ध, जनविद्रोह, जनआन्दोलनले नेपाली महिलाको जीवनमा आएको परिवर्तन बारे पुस्तकमा लेखिएको छ ।

अहिले पनि महिला अधिकार प्राप्त भयो भनिएपनि नेपालको महिलाको आन्दोलनले पूर्णता नपाएको र मुक्ति अभियानलाई अँझै नयाँ उचाईमा लैजानुपर्ने कुरा यसमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्