OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

तातोपानी ६ नं वडाको विकास : चार गाउँमा एक/एक ठोस काम

भण्डारखोलीमा खानोपानी, दुईगाउँमा पक्कि बाटो

पूर्ण चौलागाई पौष २८, २०७७जुम्ला,
१११९ पटक

खलङ्गा पुस २८ गते । तातोपानी गाउँपालिका वडा नम्बर ६ ले स्थानीय तहको निर्वाचन भएको ३ बर्षमा हरेक गाउँमा एक एक वटा ठोस काम गरेको सार्वजनिक गरेको छ ।

वडाध्यक्ष विशाल खड्काले वडापालिकाले निर्वाचनमा जनतालाई घोषणापत्रमा भनेका कुरा पुरा भएको बताउनुभयो । उहाँले वडा नम्बर ६ अन्तरगत भण्डारखोलीमा खानेपानी नभएको अवस्थामा लिप्ट प्रविधिबाट नदिको छेउमा भएको मुललाई गाउँमा पुरयाएर सेवा दिईएको र सो गाउँ वासीको माग गाउँमा खानेपानी भएको र अहिले खानेपानी पुरयाईएको दावी गर्नुभयो । भिरवाट उकालोमा पानी लिन रु ४० लाख रुपैया गाउँपालिकाको सहयोगमा लिप्ट खानेपानी आयोजना सम्पन्न भएको जानकारी दिनुभयो ।

वडा नम्बर ६ अन्तरगतकै रावतवाडा र खड्कावाडामा एक, एक किलोमिटरको पक्कि वाटो वडापालिकाले पुरयाएको वडा कार्यालयले जनाएको छ । ७० घरधुरीको खड्कावाडा र ५० घरधुरीको रावतबाडामा पक्किबाटो पुगेपछि स्थानीयलाई सहज भएको छ । पक्कि बाटोले हिलो, धुलोबाट जोगिन सजिलो भएको स्थानीयको भनाई छ । रु २०, २० लाखको लागनीमा ति दुई गाउँमा राजमार्गबाट पक्किबाटो पुरयाईएको वडापालिकाले जानकारी दिएको छ ।

स्थानीय कर्ण रावतले गाउँमा धेरै पछि पक्किबाटो भएपछि गाउँको उत्पादन कर्णाली राजमार्गमा ल्याउन सजिलो भएको जानकारी दिनुभयो । बजारबाट ल्याउने सामान लिन समेत सजिलो भएको छ, ओरालो स्थान भएकाले कतै पक्कि सिढि समेत निर्माण गरिएका छन् ।

यता भण्डारखोली गाउँका ७० बर्षिय रुपसरी सार्कीले अहिले गाउँमा सरकारले गाउँमा पानी ल्याउदा खुशी भएको बताउनुभयो । लामो समय पहिला हाम्रो गाउँमा पानी नहुदा धौलापानी र ऐरेनी आउनुपर्ने वाध्यता थियो, अव गाउँमै पानी आउदा सजिलो भएकोमा खुशी व्यक्त गर्नुभयो ।

यस्तै वडापालिकाले हियाँखोला गाउँमा रहेको कालिका आधारभुत विद्यालयमा दुईवटा व्लग विद्यालयको भवन निर्माण गरिएको, किर्डाक नेपालको सहकार्यमा आधुनिक शौचालय निर्माण गरेको छ । वडापालिकाको भागमा पर्ने सानो बजेटले राम्रो काम भएको वडाध्यक्ष खड्काले थप्नुभयो । यसका साथै आगामी दिनमा खेलमैदान समेत निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्