OnlinePana

आज : २०८० जेठ १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २७, २०७७सुर्खेत
२९४ पटक

२७ पुस २०७७, सोमबार

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले एकता दिवस एवं नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २२९औं जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो ।

स्वर्गीय शाहप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दै प्रदेश प्रमुख कलौनीले प्रदेशवासी तथा सम्पूर्ण नेपालीमा आज शुभकामना व्यक्त गर्नुभएको हो । प्रदेश प्रमुखद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ः “जातीय, धार्मिक, साँस्कृतिक विविधता भएका जनताका बीच एक आपसमा समन्वयगरी बलियो सुत्रमा एकतावद्ध गर्दै पृथ्वीनारायणले आरम्भ गरेको नेपाल एकीकरणको अभियानमार्फत तत्कालीन् अवस्थामा छरिएर रहेका बाईसे–चौबिसे राज्यहरु एकीकृत भएका थिए । उहाँले निर्माण गरेको यही दिनले सबैलाई एकतावद्ध भई राष्ट्रिय हितलाई सर्वोपरी मानेर अगाडि बढ्न प्रेरणा पैदा गर्ने विश्वास लिएको छु ।”
उहाँले यो ऐतिहासिक दिनले राष्ट्रिय एकता र बन्धुत्व भावना अभिवृद्धि गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न र सुन्दर, शान्त एवं समुन्नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना सन्देश दिनुभएको छ ।

 

प्रतिकृया दिनुहोस्