OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २६, २०७७सुर्खेत
८१७ पटक

पुस २०७७, आईतबार

 

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)मा प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएका छन् । परीक्षाका विषयमा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहसँग विद्यार्थीको छलफलका क्रममा विवाद भएको थियो । विवादका भईरहेका बेला स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको थियो।

विश्वविद्यालयका उपकुलपति प्राडा. नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन भन्दै विद्यार्थीको एउटा समूह त्यहाँ पुगेको थियो । तर, सिंहले ज्ञापन पत्र बुझ्न नमानेको बताईएको । उपकुलपति प्राडा. सिंहले मातहतका परीक्षा नियन्त्रण कार्यालयलगायतलाई बुझाए हुने सुझाउनुभएको थियो ।

झडपमा परी विद्यार्थीहरु रोशन बस्नेत, तर्कराज शाही र लक्षमण वोगटी घाइते भएको घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका हवलदार शम्शेर थापाले जानकारी जानकारी दिनुभयो । यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार उपकुलपति निस्किने क्रममा विद्यार्थीले ढुंगामुढा गर्न थालेपछि तनाव सिर्जना भएको बताउनुभयो ।

उनका अनुसार विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन हवाइ फायर गरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्