OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २४, २०७७सुर्खेत
५६१ पटक

२४ पुस २०७७, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार धनगढी जाँदै हुनुहुन्छ ।

पार्टी विभाजनपछि नेकपाको ओली समूहले धनगढीमा आयोजना गर्ने जनसभालाई सम्बोधन गर्न आज प्रधानमन्त्री ओली धनगढी जान लाग्नुभएको हो । प्रतिनिधिसभा विघटनपछि उहाँ पटक काठमाडौँ उपत्यकाबाहिरको कार्यक्रममा सहभागी हुन जान लाग्नुभएको हो ।

धनगढीको जनसभामा करिब ५० हजार जनता उतार्ने नेकपा सुदूरपश्चिम (ओली समूह) को तयारी गरेको छ । जनसभालाई भव्यरुपमा सफल पार्न संघीय सरकारका
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना तयारीका लागि खटिएका छन् ।

आज धनगढीको कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने भएकोले व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदेश प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। पार्टी विभाजनपछि सुदूरपश्चिममा ओली समूह कमजोर छ। त्यस प्रदेशमा नेकपाका ३९ जना प्रदेशसभा सदस्य मध्ये ओली समूहमा मात्रै ७ जना छन्।

तर प्रधानमन्त्री ओलीले सुदूरपश्चिममा आफ्नो पकड जमाउन प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रीमण्डलमा सुदूरपश्चिमबाट मात्रै तीनजनालाई संघीय सरकारको मन्त्री बनाउनुभएको छ।

सुदूरपश्चिमको जनसभामा सहभागी भएर प्रधानमन्त्री ओलीले देशव्यापी अभियानको शुरुवात सुदूरपश्चिम प्रदेशबाट गर्न थाल्नुभएको छ। उहाँ (ओली) आवश्यकता अनुसार अन्य प्रदेशका कार्यक्रममा पनि सहभागी हुने उहाँको सचिवालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्