OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २३, २०७७सुर्खेत
८८१ पटक

२३ पुस २०७७, बिहीबार

गुर्भाकोट नगरपालिका ९ सुर्खेत गरालेस्थित गौंडाबाट भेरी नदीमा बस खसेको छ । आज दिउसो २ः४५ बजेतिर ना.५ख. ७७५० नम्बरको बस छिन्चु–जाजरकोट सडक खण्डमा दुर्घटना भएका हो ।

बस खस्दा एक जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतका प्रहरी निरीक्षक माधव चौधरीले जानकारी दिनुभयो ।

“बसमा तीन जना सवार रहेको प्रारम्भिक जानकारी आएको छ,” प्रहरी निरीक्षक चौधरीले भन्नुभयो, “त्यसमा एकको मृत्यु र अर्को एक जना बेपत्ता भएका छन् । मृतक र बेपत्ता दुवैको पहिचान हुन सकेको छैन ।” एक जनालाई गम्भीर घाईते अवस्थामा उद्धार गरी मेहलकुना अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

गुर्भाकोट नगरपालिका–९ का वडाध्यक्ष शशिराम भट्टराईका अनुसार सल्यान कालीमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जादै गरेको बस दुर्घटना भएको हो । बस भने नदीमा डुबेको उहाँले बताउनुभयो । स्थानीय र प्रहरीले अहिले बेपत्ताको खोजी गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।

तस्वीरः हरि फेसबुक मेसेन्जरबाट ।

प्रतिकृया दिनुहोस्