OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २२, २०७७सुर्खेत
१५१७ पटक

 

 २२ पुस २०७७, बुधबार

बिलिभर्स इष्टर्न समुदाय नेपालले गुराँस गाउँपालिका ८ दैलेखमा बस्दै आएका राउटे परिवारलाई ४८ थान कम्बल वितरण गरेको छ ।

समुदायले मंगलबार राउटे बस्तीमै पुगेर कम्बल बितरण गरेको हो । गुराँस गाउँपालिका ८ दैलेख धरमपोखरामा बस्दै आएका ४५ घरपरिवारलाई सहयोग गर्न गएको समुदायको टोली राउटेहरु चार दिन अघि बेसी झरेको खबर पाएपछि धरमपोखराबाट सुर्खेत चिङ्गाड गाउँपालिका ६ पुडेस्थित पुगेर कम्बल वितरण गरिएको ईस्टर्न समुदायका विशप गोपाल क्षेत्रीले जानकारी दिनुभयो ।

एउटा सामान्य फाटेको च्याद्रो लगाएर खुला आकाशमुनि पालको भरमा दिनरात काट्ने राउटेलाई चिसोमा न्यानो गराउने हेतुले उनीहरुलाई कम्बल वितरण गरिएको विशप क्षेत्रीले बताउनुभयो । “हामीले गुराँस गाउँपालिका ८ दैलेखको वडा कार्यालयमा पुगेर राउटेलाई कम्बल सहयोगका लागि सिफारिस लिएका थियौं,” उहाँले भन्नुभयो, “वडाध्यक्ष पूर्णबहादुर ओलीसहितको समुदायको टोली राउटे बस्तीमा पुगेर कम्बल वितरण गर्यौं ।”

४५ घरका राउटेलाई प्रति घर परिवार रु.एक लाख ८४ हजार ४०० को कोरियन ब्राण्डको डबल बेडको कम्बल सहयोग गरिएको विशप क्षेत्रीले बताउनुभयो । बिगतदेखि शिक्षा, स्वास्थ्य र मानवीय हितलाई केन्द्रमा राखेर समुदायले सामाजिक सेवाका कार्य गर्दै आईरहेको उहाँको भनाई थियो ।

यता गुराँस गाउँपालिका ८ दैलेखका वडाध्यक्ष ओलीले सहयोगी बिलिभर्स ईस्टर्न समुदायप्रति कृतज्ञता प्रकट गर्नुभयो । “बडो दुःख कष्टका साथ लेकबेसी गर्दै राउटै बस्तीमा पुगेर पवित्र भावनाका साथ हामीले गर्ने काममा सहयात्री बन्नुभयो,” उहाँले भन्नुभयो, “हाम्रो जनतालाई सहयोग गरिदिनु भएकोमा यसमा हामी खुशी छौं र हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छौं ।”

वडाध्यक्ष ओलीले गुराँस गाउँपालिकाबासीको हिसाबले ८ नम्बर वडाले सबै राउटेलाई परिचय पत्र उपलब्ध गराईसकेको बताउनुभयो । राउटेलाई त्यहाँको स्थायी नागरिक बनाउनका लागि जग्गा व्यवस्थापन गरी नागरिकता प्रदान गर्ने आगमी योजना रहेको बताउनुभएका उहाँले बिलिभर्स समुदायले आगामी दिनमा गर्ने कामको लागि सहकार्य र समन्वयमा रहने प्रतिवद्धता जनाउनुभयो ।

उहाँका अनुसार कुल जनसंख्या १४९ भएका राउटेलाई ८ नम्बर वडाले मासिक प्रति राउटे रु.तीन हजार भत्ता वितरण गर्दै आईरहेको र अब कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले रु.दुई हजार बढाउने निर्णय गरेको छ । प्रदेश सरकारको निर्णय कार्यान्वयन आएपश्चात् प्रति राउटेले मासिक रु.पाँच हजार पाउनेछन् ।

चिसोको समयमा कम्बल दिनेहरु आफ्ना लागि भगवान् नै भएको राउटे मुखिया सूर्यनाराण शाहीको दाई भक्तबहादुर शाहीले बताउनुभयो । राउटे महिला सुवा शाहीले चिसोमा कम्बल सहयोग गरेकोमा खुशी व्यक्त गर्दै अहिले आफ्न खाने चामल नभएकोले सहयोग गर्न अनुरोध गर्नुभयो ।

बिलिभर्स समुदायले आगामी केही दिनपछि राउटेलाई खाद्यान्नसमेत उपलब्ध गराउने बताएको छ । कम्बल वितरणका लागि विशप क्षेत्री, वडाध्यक्ष ओलीसहित याजकहरु शशिधर चपार्इं, ख्रीष्ट पावल तामाङ, ईश्वर लामा, पूर्ण वर्देवा र अमर थापा राउटे बस्तीमै पुगेको थियो ।

तस्वीरः कोरपाटी अनलाईन

प्रतिकृया दिनुहोस्