OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २०, २०७७सुर्खेत
८७९ पटक

२० पुस २०७७, सोमबार

तिलागुफा गाउँपालिका ७ कालीकोट बालीगाडस्थित ८०० मिटरमाथिको पहाडबाट खसेको ढुंगा लागेर स्थानीय भीमबहादुर विष्टको घर पूर्णरुपले क्षति भएको छ ।

कर्णाली राजमार्गसँग जोडिएको विष्टको घरमाथि आज बिहान ८ः०० बजे बालीगाडको पहाडबाट ढुंगा खसेको गाडीमा सवार यात्रु जुम्ला सिंजा गाउँपालिका धिताल गाउँ निवासी जयशंकर धितालले जानकारी दिनुभयो । ढुंगा खस्दा विष्टको आठ कोठे घर पूर्णरुपले ध्वस्त भएको छ, धितालले भन्नुभयो, ढुंगाले उनको छिमेकीको घरमासमेत क्षति पुगेको छ । राजमार्ग अवरुद्ध हुँदा सुर्खेत नेपालगञ्ज जाने यात्रुलाई सास्ती भएको उहाँले जनाउनुभयो ।

तिलागुफा नगरपालिकाको छाप्रेस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) खगिराम थारु मगरले घर पूर्णरुपले क्षति भएपनि मानवीय क्षति नभएको जानकारी दिनुभयो । प्रहरी सहायक निरीक्षक मगरका अनुसार विशाल ढुंगाले कर्णाली राजमार्ग पूर्णरुपले बन्द गरेको छ ।

राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् र चिसोले उनीहरुको यात्रा कष्टकर बनेको छ । ढुंगा लागेर त्यहाँस्थित पावर हाउसमा पनि क्षति पुगेको बताईएको छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले अवरुद्ध राजमार्ग खुलाउन आवश्यक मेसिनसहित जनशक्ति त्यसतर्फ पठाईएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्