OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २०, २०७७काठमाडौं
८५८ पटक

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुम्बईतर्फ लागेका छन् । श्रीमती सीता दाहाललाई थप उपचारका लागि प्रचण्ड मुम्बई गएका हुन् ।

तीन दिनअघि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घरमै आराम गरिरहेकी दाहाललाई थप उपचारका लागि मुम्बई लगेका हुन् ।

सीताको मुम्बईस्थित न्युरोजन ब्रेन एण्ढ स्पाइन इन्ष्टिच्युटमा उपचार हुनेछ । डा. आलोक शर्माले उनको उपचार गर्नेछन् ।

सीताको यसअघि पनि अमेरिका, सिंगापुर र भारतमा उपचार भएको थियो । पछिल्लो समय सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि मुम्बई गएका हुन् ।

नेपाल एयरलाइन्सको जहाजमार्फत मुम्बई लागेका प्रचण्ड र सीताको साथमा छोरीहरु रेणु दाहाल, गंगा दाहाल र एकजना नर्स छन् ।

प्रतिकृया दिनुहोस्