OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १९, २०७७सुर्खेत
११०९ पटक

१९ पुस २०७७, आईतबार

कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट एक जना शिक्षकको मृत्यु भएको छ । डोल्पाको सरस्वती माध्यामिक विद्यालयमा कार्यरत आँधीखोला गाउँपालिका ५ स्याङ्जा जिल्ला निवासी ५१ वर्षीय शिक्षकको मृत्यु भएको हो ।

डोल्पाको दुनैमा पुस १४ गते स्वाब संकलन गरी कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा आरटी पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

अधिकृत कँडेलका अनुसार कोरोना संक्रमण पुष्टि भएको दिनदेखि होम आइसोलेसनमा रहेका ती शिक्षक पुस १६ गते टाउको दुख्ने, वान्ता आउने र चक्कर लाग्ने समस्या देखिएपछि डोल्पा जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । १७ गते बिहान बेहोश भएपछि उनलाई शुक्रबार हेलिकोप्टद्वारा उद्धार गरी उपचारका लागि काठमाडौं ह्याम्स अस्पताल लगिएको थियो ।

ह्याम्पस अस्पतालमा उपचारको क्रममा शनिबार दिउँसो उनको मृत्यु भएको महाशाखाले आइतबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । डोल्पाको सरस्वती माविमा विगत १२ वर्षदेखि अध्यापन गर्दै आएको शिक्षकको मृत्युसहित कर्णालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्