OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १९, २०७७सुर्खेत
१०२६ पटक

१९ पुस २०७७, आईतबार

मुलुकको संघीय व्यवस्था र यसको मर्मदेखि यहाँको भाषा, साहित्य, कला, संस्कृति, आर्थिक, राजनीतिक, सामाजिक जनजीवनका सवालमा हरेक वर्ष राष्ट्रिय बहसका रुपमा आयोजना हुने ‘कर्णाली उत्सवः विचारको कुम्भ मेला’ भएको बताईएको छ ।

ऋति फाउण्डेसन वीरेन्द्रनगर सुर्खेत, कर्णाली उत्सवको सचिवालयद्वारा आज सुर्खेतमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उत्सव तयारी समितिका संयोजक कमल लम्सालले कर्णालीको समग्र विषयमा हुने छलफलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विचारहरुको सशक्त मन्थन हुने र यसले कर्णालीको बिगत्, वर्तमान र भविश्यबारे बोल्ने विशेष प्लेटफम भएकोले यो उत्सवलाई कुम्भ मेला भनिएको बताउनुभयो ।

“फाउण्डेसनले गत वर्ष फागुनमा भाषा, साहित्य, संस्कृति र कलाका विषयलाई मुख्य बहस बनाउने परम्परालाई तोड्दै मानव जीवनका सम्पूर्ण अवयवहरुलाई समेटेर १४ वटा विभिन्न सत्रहरुमा समृद्धिको सपनाबार बहस गरेको थियो,” संयोजक लम्सालले भन्नुभयो, “त्यसको साथै मुलुकको संघीय व्यवस्था, उत्पीडित, सीमान्तकृत वर्ग, शासकीय प्रणाली र कर्णालीबारे पनि बहस गरेका थियौं ।”

कर्णालीको ईतिहास, कला संस्कृति, भाषा र साहित्यको जगेर्ना, आर्थिक अवसरहरुको खोजी, राजनीतिक, सामािजक, साँस्कृतिक रुपान्तरणका विषयमा विमर्श, शैक्षिक तथा प्रशासनिक विकासको पैरवी, कर्णालीको जनजीवन, इलम, र सीपको चर्चा गर्नु, यसलाई पर्यटकीय गन्तव्य बनाउन सहयोग गर्नु तथा समस्या समाधानको सुत्र पहिल्याई सुशासन र समृद्धिको साधन बन्ने उद्देश्य राखेर यही आगामी फागुन २७–२९ गते तीन दिनसम्म सुर्खेतको बुलबुलेमा कर्णाली उत्सव सञ्चालन गरिने उहाँले बताउनुभयो ।

भौतिक तथा भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारीले कोभिड–१९ लाई विचार पुर्याएर कार्यक्रम आयोजना गर्नुपर्ने सुझाउँदै सकेसम्म प्रविधिको माध्यमबाट भएपनि उत्सव आयोजना गर्नुपर्नेमा जोड दिनुभयो । उत्सवको दोस्रो संस्करण अभूतपूर्वरुपमा सम्पन्न गर्नुपर्ने भन्दै उहाँले आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उक्त कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले कार्यक्रम कर्णाली प्रदेशको समग्र क्षेत्र उजागर ऐना भएको टिप्पणी गर्दै यसका कार्यक्रमका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने जनाउनुभयो । नगप्रमुख सुवेदीले कर्णाली उत्सवलाई अँझ फराकिलो बनाएर लैजानसमेत आयोजक समितिलाई सुझाउनुभयो ।

आगामी फागुनको आयोजना गरिने कर्णाली उत्सव ‘कुडा कर्णालीका’ लागि पत्रकार दिलभूषण पाठक, टिकाराम यात्री, कुबेर चालिसे, कलेन्द्र सेजुवाल, दिपेन्द्र शर्मा गणेशकञ्चन भारती, प्रकाश लामिछाने,लेखक माधवप्रसाद चौलागाई, उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका प्रतिनिधि झविराज खत्री र उद्योग बाणिज्य संघ सुर्खेतका महासचिव लक्ष्मण कँडेलले उत्सव सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्