OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही पौष १८, २०७७सुर्खेत
३९८ पटक

१८ पुस २०७७, शनिबार

कणाली प्रदेशका १० जिल्लाहरुमा तीन जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा अनुसार तीनवटा जिल्ला मुगु, कालीकोट र रुकुमपश्चिम कोरोना संक्रमणमुक्त भएका हुन् ।

तीन जिल्लामा कोरोनाका सबै बिरामी निको भएसँगै बाँकी सात जिल्लामा पनि निको हुने संक्रमितको दर बढ्दै गएको सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिनुभयो । शाखा प्रमुख कँडेलका अनुसार कोरोना संक्रमणबाट निको हुन नसकेका जिल्लाहरुमा सुर्खेतमा १०३, सल्यानमा ३१, जाजरकोटमा १४, हुम्लामा ११, डोल्पामा नौ, जुम्लामा छ र दैलेखमा पाँच गरी १७९ जना व्यक्ति अस्पताल तथा होम आइसोलेसनमा रहेका छन् ।”

त्यस्तै, पछिल्लो २४ घण्टामा गरिएको आरटी पीसीआर परीक्षणमा कर्णालीमा १२ जना नयाँ कोरोना संक्रमण पुष्टि भएको प्रमुख कँडेलले बताउनुभयो । “१२ जना थपिएसँगै कोरोना संक्रमितको संख्या कर्णालीमा सात हजार ३६९ पुगेको छ,” उहाँले भन्नुभयो, “आज एक व्यक्ति निको भएसँगै कोरोनाबाट संक्रमणमुक्त भएर घर फर्कनेको संख्या सात हजार १९ पुगेको छ ।”

शाखा प्रमुख कँडेलले अगाडि भन्नुभयो, “हालसम्म कर्णाली प्रदेशमा ९६ हजार १५८ व्यक्तिको आरटी पीसीआर परीक्षण गरिएको छ । जसमा ७.६६ प्रतिशत व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यद्यपि संक्रमण देखिएका व्यक्तिहरुमा ९५ प्रतिशत निको भईसकेका छन् ।” कर्णालीमा कोरोना संक्रमणबाट २६ जनाले ज्यान गुमाएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्