OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १६, २०७७काठमाडौं
९९६ पटक

१६ पुस २०७७, बिहीबार

काठमााडौं :  पूर्व विदेश सचिव तथा नेपालका लागि भारतीय पूर्व राजदूत श्याम शरणले नेपालमा नयाँ नेतृत्वमा चुनावी सरकार गठनको तयारी भएको संकेत गरेका छन्।

भारतीय पत्रिका द ट्रिब्युनमा एक लेख प्रकाशित गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गराउँदै स्वच्छ छवि भएका व्यक्तिलाई नेतृत्व दिने तयारी भइरहेको जनाएका हुन्।  ‘ओलीलाई अहिले संसद विघटनको निर्णय फिर्ता लिन दबाब परिरहेको छ। उनलाई राजीनामाको लागि मनाउन विवादास्पद छवि नभएका व्यक्तिलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेको छ,’ द ट्रिब्युनमा उनले लेखेका छन् ।

त्यस्तै उनले  दुई चिरा भएको नेकपालाई जोड्न चीनले ‘रेफ्री’ को भूमिका खेलेको समेत उल्लेख गरेका छन्। नेपाल मामिलाका जानकार मानिने शरणले चीनले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीसहित चार सदस्यीय टोली पठाएर नेकपालाई एकीकृत नै राख्ने प्रयास गरेको पनि लेखमा उल्लेख गरेका छन्।  नेकपाभित्रको विवाद मिलाउन चीन सक्रिय रहे पनि भारत भने ‘पर्ख र हेर’ रणनीतिमा बस्नुपर्ने उनको भनाइ छ।

त्यस्तै शरणले नेपालको पछिल्लो राजनीतिक संकट निम्तिनुमा अमेरिकाको पनि हात रहेको आशंका व्यक्त गरिएको चर्चा गरेका छन्। अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रस्तावित ५०० मिलियन अमेरिकी डलर बराबरको सम्झौताका कारण पनि नेपालमा राजनीतिक संकट निम्तिएको हुन सक्ने आशंका व्यक्त गरिएको उनले बताएका छन्।

प्रतिकृया दिनुहोस्