OnlinePana

आज : २०८३ जेठ ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही पौष १५, २०७७सुर्खेत
९०२ पटक

१५ पुस २०७७, बुधबार

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १८ व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार १८ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ पुष्टिका १८ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना भाइरस संक्रमितको संख्या अब सात हजार ३३१ पुगेको मन्त्रालयका जनस्वास्थ्य प्रमुख नवराज कँडेलले जानकारी दिनुभयो । त्यस्तै, पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमणमुक्त भएको उहाँले बताउनुभयो ।

आज १८ व्यक्ति संक्रमणमुक्त भएसँगै कर्णालीमा कोरोना जितेर घर फर्कनेको संख्या सात हजार एक पुगेको छ ।

प्रतिकृया दिनुहोस्