OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १५, २०७७काठमाडौं
४७७ पटक

१५ पुस २०७७, बुधबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले भारतमा अलपत्र परेका सुर्खेत घर बताउने बालकको फोटो चिनेर प्रहरी सम्पर्कमा आउन आफन्तलाई अनुरोध गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट प्राप्त निर्देशनात्मक सूचना अनुसार बालकका आफन्तलाई हार्दिक अनुरोध गरेको हो ।

भारतमा अलपत्र अवस्थामा रहेका सुर्खेत बुलबुले एयरपोर्ट नजिक घर बताउने रमेश नामका बालकलाई एक्सप्रेस मानव बेचबिखन विरुद्ध अभियान पश्चिम बंगाल सिक्किमले फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

“भारतमा अलपत्र अवस्थामा फेला पारी बालकलाई भारत सोनिपुरको सेल्टरमा रहेको भनी एक्सप्रेस मानव बेचबिखन विरुद्ध अभियान पश्चिम बंगाल सिक्कीमका राजु डुवर्सले जानकारी दिएको छन्,” प्रहरी उपरीक्षक भट्टले भने, “डुवर्सले बालक रमेशको फोटोसहितको विवरण पठाएको हुँदा निज बालकलाई चिन्ने उनका अभिभावक आफन्तजनलाई यस कार्यालयको सम्पर्कमा आउन अनुरोध गरेका छौं ।”

उनका अनुसार ती बालकलाई पश्चिम बंगाल सिक्किमबाट नेपाल ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाईएको छ । उनलाई सम्बन्धित पक्षको जिम्मा लगाउन भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले अभिभावक तथा आफन्तजनहरुको सहजताका लागि कार्यालयको सम्पर्क नं ९८५८०५३१९९ वा १०० मा सम्पर्क गर्न हुन अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्