OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १४, २०७७सुर्खेत
४६७ पटक

१४ पुस २०७७, मंगलबार

सुर्खेतमा लागु औषधसहित सासु बुहारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाको आधारमा उनीहरुलाई वीरेन्द्रनगर–८ इत्राम खोला नजिकैबाट पक्राउ गरिएको हो ।

ब्राउनसुगर जस्तो देखिने लागु औषधसहित सासु बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । १४ ग्राम ९७० मिलिग्राम लागु औषधसहित उनीहरु पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।

उहाँले भन्नुभयो, “विशेष सूचनाका आधारमा २४ वर्षीय शान्ति सिंहको कोठामा खानतलास गर्दा पाँच ग्राम एक सय ७० मिलिग्राम लागु औषध भेटिएको थियो । यस्तै, उनकै सासू कौशिला सिंहको कोठामा खानतलासी गर्दा नौ ग्राम ८०० मिलिग्राम लागु औषध भेटिएको हो । ”

त्यसैगरी शान्ति सिंहको साथमा रहेको २१ हजार ५०० नगद पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । पक्राउ परेका सासु बुहारीलाई लागु औषध खरीद, ओसारपसार, सञ्चय तथा बिक्रीवितरण गरेको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्