OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही पौष १४, २०७७ जुम्ला,
१०२२ पटक

पुस १४ गते । नेकपा प्रचण्ड–माधव पक्षले आज देशभर प्रदर्शन गरेको छ । काठमाण्डौ सहित देशभर संसद विघटन विरुद्धमा आन्दोलन विरोध प्रदर्शन गरेको हो ।

जुम्लामा पार्टी कार्यालय करेसावारीबाट र्याली शुरु गरेर बृहत शक्ति प्रदर्शन गरेको पार्टी अध्यक्ष विरबहादर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार करेसावारी टुडिखेल हुदै मुख्य बजारमा रयाली सहित वालमन्दिरमा कोणसभा आयोजना गरिएको थियो ।

कोणसभामा वोल्दै संसद विघटन भएपछि निवर्तमान सांसद गजेन्द्रबहादुर महतले सवै मिलेर संविधानको हत्या हुनबाट बचाउन अवको आन्दोलन भएको बताउनु भएको छ । नेकपा प्रचण्ड – माधव पक्षधरले जुम्लामा संविधानको विघटन विरुद्धमा गरिएको शक्ति प्रदर्शनको विरोधमा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज समेत रहेका नेता गजेन्द्रबहादुर महतले प्रधानमन्त्री केपी शर्माओली र राष्ट्रिपति विद्यादेवी भण्डारीको यो कदम संविधानको हत्या गर्ने भएको आरोप लगाउनुभयो ।

उहाँले कुनैपनि हालतमा देशमा प्रधानमन्त्रीले चुनाव नगर्ने ठोकुवा गर्दै संसद विघटन संविधानको हत्याको संकेत रहेको बताउनुभयो । संघीय संसदमा कर्णाली र जुम्लाको सरोकारका बिषयमा सरकार विषयमा यस अघि खरो बोल्दै आएका जुम्लाबाट प्रतिनिधित्व गर्ने निर्वतमान सांसद महतले देशमा कुनैपनि हालतमा निर्वाचन नहुने भन्दै नेकपा, कांग्रेस, जसपा सहित सवै मिलेर संविधान जोगाउनुपर्ने बताउनुभयो ।

उहाँले संविधान जोगाएमा नेकपा, कांग्रेस जो सुकैले बहुमत ल्याओस, सरकार वनाओस टाउको दुखाई नहुने तर संघीयता र संविधान धराप पार्नेगरी प्रतिगामी कदम भएकोमा सडकमा जनता उत्रिएकोमा जोड दिनुभयो ।
पूर्व राज्यमन्त्री तथा नेकपा प्रदेश कमिटि सदस्य गोमा कुँवरले राष्ट्रपति विद्या भण्डारीले संविधान विघटन जस्तो कुरालाई सजिलै स्विकार्नु दुर्भाग्य भएको बताउदै ओली र विद्यादेवीले गरेको गल्ति जनताले सच्याउने बताउनुभयो ।
नेकपा प्रदेश कमिटि सदस्य नवराज न्यौपानेले प्रधानमन्त्रीले हिटलरी शैली अपानाउदा राम्रो नभएको बताउदै, हिटलरले मर्नेवेलमा चिहान नपाएको कटाक्ष गनुृभयो ।

नेकपा जिल्ला अध्यक्ष विरबहादर कुँवरले ओलीले संविधानमाथीको बलात्कार गरेको आरोप लगाउदै जनताले नछोडने बताउनुभयो । उहाँले राजालाई गलत्याएर त हटायौ एक ओली केहीपनि नभएको जोड दिएका छन् ।
सचिव तिर्थ बुढाले बहुमत जनतालाई लात हानेर संविधान माथी प्रहार गर्नु राम्रो नभएकाले सडकबाटै संविधानको रक्षा गर्न आन्दोलन गरिएको बताएका छन् ।

संविधान विघटनका विरुद्धमा नेकपा प्रचण्ड–माधव नेपाल पक्षले आज देशभर प्रदर्शन गर्ने पूर्वनिर्धिारित कार्यक्रम आयोजना गरेको थियो ।

असंवैधानिक संसद विघटन खारेज गर, संविधानको विघटन विरुद्धमा संघर्ष गरौ, संविधान र संघीयताको रक्षा गरौ लगायतका नारा सहित शक्ति प्रदर्शन गर्न जुम्लाका सवैजसो स्थानीय तहबाट अगुवा नेता, कार्यकता र जनता जुम्ला सदरमुकाम आएका थिए । कोणसभामा कार्यक्रमको सहजीकरण नेकपा जिल्ला नेता आदी प्रसाद न्यौपानेले गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्