OnlinePana

आज : २०८० जेठ २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १२, २०७७सुर्खेत
३९५ पटक

१२ पुस २०७७, आईतबार

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत निवासी ८२ वर्षीया महिलाको आज कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । प्रदेश अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । ज्वरोको समस्या र सास फेर्न कठिनाई भएर यही पुस १० गते प्रदेश अस्पतालको आकस्मिक कक्षमा भना गरिएका उनलाई सोही दिन प्रदेश अस्पताल प्रयोगशालामा जिन एक्सपर्ट पीसीआर विधिबाट संक्रमण पुष्टि भई आईसियुमा राखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिनुभयो ।

प्रोटोकल अनुसार उपचार गरिएपनि मृतकमा क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज, एक्यूट एक्जासरबेसन, हाईपरटेन्सन र न्यूमोनियका कारण स्वास्थ्यमा सुधार नभई आज बिहान ८ः४२ बजे मृत्यु भएको शाखा प्रमुख कँडेलले बताउनुभयो । उहाँका अनुसार मृतक महिलासहित कर्णालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वय र नेपाली सेनाको सहयोगमा मृतकको शव व्यवस्थापन भइरहेको सामाजिक विकास मन्त्रालय बताएको छ ।

प्रतिकृया दिनुहोस्