OnlinePana

आज : २०८२ बैशाख ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष ११, २०७७
४१३ पटक

११ पुस २०७७, शनिबार

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समितिको अध्यक्षमा पदमबहादुर शाही निर्विरोध निर्वाचित हुनुभएको छ । आज सम्पन्न महासंघ कर्णाली प्रदेश समितिको निर्वाचनको लागि बिहीबार अध्यक्ष शाहीको मात्र एकल उम्मेदवारी परेको थियो ।

निर्विरोध निर्वाचित शाहीको अध्यक्षतामा ११ सदस्यीय कर्णाली प्रदेश कार्यकारिणी समिति निर्वाचित भएको निर्वाचन अधिकृत विवश बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको उपाध्यक्षमा जुम्लाका रजवअली मनिहार (जिल्ला–नगरबाट), सुर्खेतका प्रकाश उप्रेती (एशोसियटबाट) र कोषाध्यक्षमा सल्यानका सुधन श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै, एसोसियट सदस्यहरुमा झविराज खत्री, सिताराम कार्की यस अघि नै निर्विरोध निर्वाचित भएका थिए । जिल्ला नगरको पाँच सदस्यहरुमा कविराज कँडेल (सुर्खेत), कर्णबहादुर खत्री (जाजरकोट), दिपकराज खड्का (रुकुम पश्चिम), कृष्णप्रसाद कोइराला (दैलेख) र नामग्याल तामाङ (हुम्ला) निर्वाचित भएको निर्वाचन अधिृकत बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ खुवाईएको छ । आज सम्पन्न निर्वाचनमा एसोसियटतर्फ ४४ र जिल्ला–नगरतर्फ ११ मतदाता रहेका थिए ।

 

प्रतिकृया दिनुहोस्