OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ११, २०७७जुम्ला,
११६७ पटक

२०७७ पुस ११ गते ।

जुम्ला, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विभाजनको प्रभाव जिल्ला जिल्लामा पुग्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट संघीय संसद विघटन पछि एकाएक ओली र प्रचण्ड माधव नेपाल समूह दुई कित्तामा विभाजन भएपछि विभिन्न आन्दोलनहरु भईरहेका छन् ।

काठमाण्डौमा नेकपा प्रचण्ड –नेपाल समूहले शुक्रवार संसद विघटनको विरुद्धमा शक्ति प्रदर्शन गरे लगत्तै सो खेमाले देशभर विभिन्न आन्दोलन शुरु गरेको छ । नेकपा प्रचण्ड –नेपाल समुहका विद्यार्थीहरुले कर्णालीको राजधानी सुर्खेतमा मोटरसाईकल ¥याली सहितका कार्यक्रम गरेका थिए । भने नेकपा ओली समूहका विद्यार्थीहरुले समेत ओलीको पक्षमा राँके जुलुस गरेका थिए ।

जुम्लामा शनिवार नेकपा प्रचण्ड –नेपाल समुह निकटका विद्यार्थीहरुले ससद विघटनको विरोधमा प्रदर्शन गरेको छ । संसद विघटन विरुद्धका नारा राँके जुलुस सहित प्रदर्शन गरिएको अनेरास्ववियूका केन्द्रीय सदस्य रमेश शाहीले जानकारी दिनुभयो । विद्यार्थीहरुले जुम्ला बजारमा प्रदर्शन गरेको र आन्दोलन निरन्तर हुने बताउनुभयो ।

यता जनता समाजबादी पार्टीको कार्यक्रम भने प्रहरीले अवरोध गरेको जसपाले जनाएको छ । केन्द्रीय सदस्य नरेन्द्रनाथ योगीले संविधान विघटन विरुद्धमा गरिएको आन्दोलन अवरोध भएको जानकारी दिनुभएको छ ।

यस अघि नेकपा जिल्ला अध्यक्ष विरबहादुर कुँवर र सचिव तिर्थबुढाको संयूक्त हस्ताक्षरित विज्ञेप्तिमा संसद विघटन प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदम भएको भन्दै विरोध गरिएको थियो । यही १४ गते नेकपा प्रचण्ड माधव समूहले देशभर दवावमुलक कार्यक्रम गर्ने भएको छ । भने नेकपा ओली पक्षले संसद विघटन ताजा जनादेश भन्दै देशका विभिन्न स्थानमा कार्यक्रम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्