OnlinePana

आज : २०८० आश्विन ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १०, २०७७सुर्खेत
४४९ पटक

 

१० पुस २०७७ शुक्रबार

कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्तीले कानून निर्माणमा प्रदेश सरकारको आवश्यक ध्यान जानुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल कानून समाज नागरिक संवाद केन्द्र कर्णाली प्रदेश तथा कर्णाली प्रदेश मामिला तथा विद्यायन समितिको संयुक्त आयोजनामा सरोकारवालाहरुसँग आज भएको छलफल कार्यक्रममा उपसभामुख घर्तीले जनताको अपेक्षा अनुसार विकास तथा कानून निर्माण हुन नसकेको टिप्पणी गर्नुभयो ।

कानून निर्माणका लागि संसद र विभिन्न समितिहरुको सम्बन्ध नङ र मासुको जस्तो हुने बताउनुभएका उहाँले यसमा सरकारले कानून निर्माण जस्तो कुरामा ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले अगाडि भन्नुभयो, “सांसदको काम कानून तथा नीति, नियम निमार्ण गर्ने हो, विकास निर्माणमा तल्लिन हुने होइन । निर्माण भएका ऐन, कानूनहरुको कार्यान्वयनमा भने सरकारले गर्ने हो ।”

भौगोलिक हिसाबले कर्णाली प्रदेशका विकट जिल्लाका सासंदहरु भनेकै समयमा उपस्थिति हुन नसक्दा प्रदेशमा नयाँ कानून निमार्णमा समस्या भएको उपसभामुख घर्तीको भनाई थियो । उहाँले कानुन निर्माणमा प्रदेश सरकार कमजोर रहेकोसमेत जिकिर गर्नुभयो । बनेका कानून केही स्थानीय तहमा कार्यान्वयन नभएको गुनासो आएको उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्