OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १०, २०७७काठमाडौं
७३९ पटक

१० पुस २०७७, शुक्रबार

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले मौजुदा मन्त्रिपरिषद् हेरफेर गरेका छन् । मन्त्रिपरिषद्का सदस्यहरु हेरफेर गर्दा राज्यमन्त्रीसहित नयाँ नौ जना भित्रिदा दुई मन्त्री बाहिरिएका छन् । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड भने मन्त्रीबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा, मणि थापालाई खानेपानी, प्रभु साहलाई सहरी विकास र प्रेम आलेलाई वन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यसैगरी गणेश ठगुन्ना सामान्य प्रशासन, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

जुलीकुमारी महतोले महिला बालबालिका मन्त्रालयको जिम्मेवारी पाएकी छन भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छिन् । त्यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् भने यसअघि स्वास्थ्य मन्त्री रहेका भानुभक्त ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीमा पुगेका छन् ।

कृष्णगोपाल श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा पद्मा अर्यालले कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । शिवमाया तुम्वाहांफे कानुनबाट भुमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पुगेकी छन् ।  नवनियुक्त मन्त्रीहरुलाई आजै सपथ ग्रहण गरेका छन् ।

प्रतिकृया दिनुहोस्