OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ९, २०७७सुर्खेत
२९८ पटक

९ पुस २०७७ बिहीबार

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समितिको अध्यक्षमा पदमबहादुर शाहीको एकल उम्मेदवारी परेको छ । शनिबार हुने महासंघको निर्वाचनको लागि शाहीको एकल उम्मेदवारी परेको हो ।

निर्वाचन अधिकृत विवश बस्नेतका अनुसार मनोनयन दर्ता गर्ने अन्तिम समय आज ४ः०० बजेसम्म उहाँको मात्र उम्मेदवारी परेको थियो । कर्णाली प्रदेश समितिका निवर्तमान अध्यक्षसमेत रहनुभएका शाहीको एकल उम्मेदवारी पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निविरोध निर्वाचित हुने पक्का भएको छ ।

पहिलो कार्यकालमा अधुरा रहेका योजना तथा कामहरु पुरागरी कर्णालीको उद्योग, पर्यटन र नीजि क्षेत्रको विकासबाट यहाँको समृद्धिमा सघाउ पुर्याउन आफूले पुनः उम्मेदवारी दिएको उहाँले बताउनुभयो । त्यस्तै, एसोसियटतर्फको उपाध्यक्षमा प्रकाश उप्रेती (सुर्खेत), कोषाध्यक्षमा सुधन श्रेष्ठ (सल्यान) र एसोसियटतर्फको सदस्यमा सीताराम कार्की र झविन्द्र खत्री निर्विरोध निर्वाचित भएका छन् । एकल उम्मेदवारी परेकाहरु निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा शनिबार मात्र गरिने निर्वाचित समितिले जनाएको छ ।

त्यसैगरी, जिल्ला–नगरको उपाध्यक्षमा भानुभक्त बराल (कालीकोट) र रज्जब अली मनियार (जुम्ला) को उम्मेदवारी परेको छ । त्यसको साथै जिल्ला–नगरको पाँच सदस्यको लागि नाङ्गेल लामा (हुम्ला), नबिन विक (सुर्खेत), कविराज कँडेल (सुर्खेत), भुवन ज्ञावली (सुर्खेत), कर्ण खत्री (जाजरकोट), पहल खड्का (रुकुम पश्चिम) र कृष्ण कोइराला (दैलेख) को उम्मेदवारी परेको जनाईएको छ ।

निर्वाचन समितिका अनुसार निर्वाचनमा एसोसियटतर्फ ४४ र जिल्ला–नगरतर्फ ११ मतदाता रहेका छन् । जिल्ला–नगरतर्फको उपाध्यक्ष र सदस्यको लागि शनिबार निर्वाचन हुने समितिले जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्